पोखरामा ट्रान्सपार्टी गर्ने ३८ जना पक्राउ

Published on

काठमाडौं । पोखरामा विदेशीसँग मिलेर ट्रान्स पार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रिकालीन समयमा ट्रान्स पार्टी गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको हो ।पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथि जङ्गलनजिक रहेको एकान्त घरमा नेपाली र विदेशी मिलेर ट्रान्स पार्टी गरिरहेको बेलामा प्रहरीले मंगलवार राती छापा मारेर नियन्त्रणमा लिएको हो । पार्टीमा लागुऔषध प्रयोग र बिक्री भइरहेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवराज भट्टराइको नेतृत्वमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।  उहाँकाअनुसार नियन्त्रणमा लिएकामध्ये आठ जनासँग लागुऔषध फेला परेको छ ।एक जना इजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिकसँग लागुऔषध फेला परेको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध लागुऔषधसम्बन्धी अनुसन्धान भइरहेको र सोहीअनुसार मुद्दा चलाइएको कास्की प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।बाँकी रहेकाको हकमा भने विगतको आपराधिक पृष्ठभूमि खोजिरहेको र सोहीअनुसार कारवाही प्रक्रिया अगाडी बढाउने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो,“‘पोखरा १८ सेदीभन्दा माथी एकान्त स्थानमा एउटा घर रहेछ, त्यहाँ ट्रान्सपाटी लागुऔषध, मादकपदार्थसहितको पार्टी गर्दैछन्, नेपाली र विदेशी मिलेर भन्ने सूचना प्राप्त भयो । त्यसपश्चात बैदाम प्रहरी कार्यलयका डिएसपी नवराज भट्टराईको नेतृत्वमा प्रहरी टोली गएर घेरा हाल्यौँ । त्यहाँ पार्टी गर्दै गरेको अवस्थामा मान्छेहरु फेला परे, उनीहरुको खानतलासी गर्ने क्रममा आठ जनासँगबाट विभिन्न प्रकारका लागुऔषध बरामद भयो । धेरै जना मापसे सेवन गरेको पनि भेटिएको थियो । हामीले अनुसन्धान गर्नको लागि ३८ जनालाई नियन्त्रणमा लिएर बैदाम प्रहरी कार्यलय र जिल्ला प्रहरी कार्यलयमा राखिएको छ । लागुऔषध भेटिएकालाई लागुऔषधसम्बन्धी नै अनुसन्धान हुन्छ र मुद्दा दर्ता हुन्छ । बाँकी अन्यको पनि हामी स्क्रिनिङ गर्दैछौँ, विगतको आपराधिक पृष्ठभूमिको बारेमा । जसको केही देखिँदैन, उहाँहरु छुट्नुहुन्छ । जोजो मुद्दा चल्नलाई प्रमाण पुग्छ, उहाँहरूलाई भने मुद्दा चल्छ । लागुऔषधसहित भेटिएकोमा एक जना इजरायली, दुई जना भारतीय छन् । आठ जनामा बाँकी पाँच जना नेपाली छन् ।” प्रहरी उपरीक्षक कार्कीकाअनुसार घटनास्थलबाट नौ प्रकारका लागुऔषध बरामद गरिएको छ । बरामद सामग्रीमा एमडीएमए, चरेस, कोकिन, खैरो हिरोइन, ‘आइस’ (एम्फेटामिनजस्तो पदार्थ), गाँजा, ‘म्याजिक मसरुम’ तथा एलएसडी रहेका छन् । उक्त घर बमेन्द्र पुनले स्थानीय कृष्ण पराजुलीबाट भाडामा लिएर ट्रान्सपार्टी आयोजना गरेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...