मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठुलो असर

Published on

काठमाडौं । हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी दिएको छ । यसको मुख्य कारण मध्यपूर्व क्षेत्रमा भइरहेको युद्ध हो, जसले विश्वभर गम्भीर आर्थिक असर पारिरहेको छ । यसको प्रमुखले युद्धपछि परिस्थिति पहिले जस्तो सहज रूपमा फर्किने सम्भावना नभरहेको बताउनुभयो । ऊर्जा स्रोतको मूल्य तीव्र रूपमा बढ्नु, सडक, उद्योगजस्ता संरचनामा क्षति हुनु, आपूर्ति प्रणालीमा अवरोध आउनु र बजारमा विश्वास घट्नुजस्ता कारणले विश्व आर्थिक वृद्धिमा ठुलो असर परेको छ । यस संस्थाले युद्धबाट प्रभावित देशहरूलाई सहयोग गर्न तत्काल ठूलो आर्थिक सहायता आवश्यक पर्ने जनाएको छ । अनुमान अनुसार २० अर्बदेखि ५० अर्ब डलरसम्म सहयोग आवश्यक पर्न सक्छ । यसका साथै खाद्य संकट पनि बढ्ने देखिएको छ, जसका कारण कम्तीमा ४५ लाख मानिस प्रभावित हुने सम्भावना छ । विशेषगरी गरिब तथा ऊर्जा आयात गर्ने देशहरू यस संकटबाट सबैभन्दा बढी प्रभावित हुनेछन् ।

यसैबीच विश्व बैङ्कका अध्यक्षले पनि विकासशील देशहरूलाई सहयोग गर्न छोटो समयमा २५ अर्ब डलरसम्म उपलब्ध गराउन सकिने बताउनुभयो । दीर्घकालीन रूपमा भने ६० अर्ब डलरसम्म सहयोग गर्न सकिने योजना रहेको छ । यो युद्धले तेलको मूल्य बढाएको छ, किनभने महत्त्वपूर्ण जलमार्ग अवरुद्ध भएपछि विश्व बजारमा आपूर्ति घटेको छ । यसका कारण विश्वव्यापी मुद्रास्फीति पनि बढ्ने अपेक्षा गरिएको छ । तेल, ग्यास र मलको मूल्य बढ्दा खाद्यान्न उत्पादन महँगो हुनेछ, जसले खाद्य मूल्य पनि बढाउनेछ । यसले गरिब देशहरूमा भोकमरीको जोखिम झन बढाउनेछ। यस संस्थाका अनुसार युद्ध हुने देशहरूको उत्पादन सुरुमा करिब ३ प्रतिशतले घट्छ र यसको असर लामो समयसम्म रहन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट...

बेमौसमी मकै खेतीमा बढ्दै छ किसानको रुचि

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँकेको...

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

 काठमाडौं । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा मकै छर्ने कामसँगै...

टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

काठमाडौं । रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा–३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार...