घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु

Published on

काठमाडौं । घानाको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अझै २ जना बेपत्ता रहेका छन् । घाना समुद्री प्राधिकरणका अनुसार यो घटना भोल्टा ताल क्षेत्रमा बुधबार भएको हो । डुङ्गामा कुल १४ जना यात्रु रहेका थिए । यात्राको क्रममा अचानक आएको खराब मौसमका कारण डुङ्गा पल्टिएको बताइएको छ । घटनापछि तत्काल उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो, जसमा ५ जना पुरुषलाई जीवित उद्धार गरिएको छ । तर अधिकारीहरूका अनुसार ९ जना डुबेको आशङ्का गरिएको छ । 

हालसम्म ७ वटा शव फेला परेका छन्, जसमा २ जना महिला र ५ जना बालबालिका रहेका छन् । घाना नौसेना र समुद्री प्राधिकरणका डाइभरहरूको टोलीले अझै बेपत्ता रहेका २ जना-एक महिला र एक बालबालिकाको खोजी जारी राखेको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान पनि भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...