सुनथराली विमानस्थलमा परीक्षण उडान

Published on

काठमाडौं । कालीकोट जिल्लाको नररहीनाथ गाउँपालिका १ कोटवाडामा निमार्ण भएको सुनथराली विमानस्थलमा परीक्षण उडान भएको छ । आज तारा एयरको विमानले सुनथराली विमानस्थलको परिक्षण उडान गरेको हो । पटक पटक औपाचारिक उद्घाटनका लागि मिति तय भएपनि स्थगित हुदै आएको उद्घाटन कार्यक्रम आगामी भोली अर्थात् सोमबार हुने पक्का भएपछि त्यसको एक दिन अघि परिक्षण उडान गरिएको हो ।

नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष प्रदिप वोहोराले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृती पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराती सहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, मन्त्रीहरुका साथै प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्य सहितको टोली बिमानस्थाल उद्घाटनमा आउने भएकाले बिमानस्थलको अबस्था बुझ्न आज परिक्षण उडान भएको जानकारी दिनुभयो । सरकार प्रमुख सहितको टोली आउने भएकाले विमानस्थलको सुरक्षा अवस्था, कताबाट अवतरण गर्दा सहज र सुरक्षित हुन्छ भनेर परीक्षण गर्न तारा एयरको विमान प्राविधिक टोली सहित आएको हो । गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर बिष्टले प्राविधिकको भनाइ अनुसार विमानस्थल दबै तर्फबाट अवतरण गर्न सकिने बताउनुभयो । हामीले पहिलेदेखि चासो राखिराखेको विषय भएकाले पनि नागरिक उड्यान प्राधिकरणका इन्जिनियरहरुले पनि विमानस्थाल जनताबाट पनि अवतरण गर्न सकिने प्रतिक्रिया दिनुभएको र आज परीक्षण उडान पनि सहजै भएको बताउनुभयो । फागुन १४ गते भोली सोमबारका दिनमा कोटवाडामा आएर विमानस्थलको औपचारिक उद्घाटनमा सहभागी हुन आम नागरिकलाई पनि निम्तो गरेको अध्यक्ष विष्टको भनाइ छ ।

यसअघि औपाचारिक उद्घाटनका लागि चार पटकसम्म सूचना भएर स्थगित हुँदा नागरिक अझै पनि हुन्छ की हुदैन भन्नेमा थिए । तर आज परिक्षण उडान भएकाले अब विमानस्थाल उद्घाटन हुन्छ भन्नेमा सबै विश्वस्त भएका छन् । २०४२ सालमा तत्कालीन जिल्ला विकास समितिको निर्णय अनुसार सुरुमा एक लाख वजेट विनियोजन गरेर निमार्ण कार्य सुरु गरेको विमानस्थल ३८ वर्ष लगाएर निमार्ण सम्पन्न भएको थियो । निमार्ण सम्पन्न भएको एक वर्षसम्म औपचारिक उद्घाटनको पर्खाइमा छ । यो विमानस्थाल निमार्ण गर्दा संकटकालको समय २०५८ साल फागुन महिनामा सरकारी पक्षवाट धादिङ जोगिमाराका १७ जना मजदुर सहित ३५ जनाको सामुयिक हत्या भएको थियो ।

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...