युनाइटेड स्टेडका कमाण्डर एक्विलिनोद्वारा अभ्यास शान्ति प्रयास–४ को अवलोकन

Published on

काठमाडौं । युनाइटेड स्टेड इन्डो प्यासिफिक कमाण्डरका एड्मिरल जोन सी एक्विलिनोले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अध्यास शान्ति प्रयास–४ को अवलोकन गर्नुभएको छ । उहाँलाई आइतबार अभ्यास सञ्चालन सम्बन्धमा जानकारी गराइएको थियो ।

यस अवसरमा कमाण्डर एक्विलिनोले अभ्याससँग सम्बन्धित सैद्धान्तिक र व्यवहारिक गतिविधिहरूको अवलोकन तथा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले अभ्यास शान्ति प्रयास९४ को सफल आयोजनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनहरूमा सहभागी हुने फौजको पेसागत दक्षता र आपसी समन्वयात्मक क्षमतामा अभिवृद्धि गराउने कुरा व्यक्त गर्नुभयो । उहाँले नेपाली सेनासँग यस किसिमको बहुराष्ट्रिय अभ्यासमा सहकार्य गर्न पाउँदा खुसी लागेको कुरा व्यक्त गर्दै अभ्यासमा सहभागी सबैलाई आभार प्रकट गर्नुभयो ।

भ्रमण क्रममा बलाधिकृत रथी अशोक राज सिग्देल उपस्थिति हुनुहुन्थ्यो । यस्तै, रथीवृन्द, अधिकृतका साथै अभ्यासमा सहभागीहरूको उपस्थिति थियो । हिजो (शनिबार नेपाल भ्रमणका लागि आउनुभएका कमाण्डर एक्विलिनोलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सिग्देलले स्वागत गर्नुभएको थियो ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...