५० हजार नगद २० वर्षमा बिहे गरे

Published on

काठमाडौं । बर्दीबास नगरपालिकाले २० वर्ष उमेर पुगेर विवाह गर्ने मुसहर समुदायका दम्पतीलाई प्रोत्साहनस्वरुप ५० हजार रुपियाँ सहयोग गर्ने भएको छ ।

नगरप्रमुख प्रहलाद क्षेत्रीले बर्दीबास १४ स्थित एकीकृत नमुना मुसहर बस्तीमै पुगेर मङ्गलबार यस्तो घोषणा गर्नुभएको हो । मुसहर समुदायमा व्याप्त बालविवाह निर्मूल गर्न नगद सहयोग दिने निर्णय गरिएको उहाँले बताउनुभयो । नगद प्रोत्साहनले नवविवाहित दम्पती र तिनका परिवारलाई जीविकोपार्जनमा सहयोग पुग्नुका साथै बालविवाह विरोधी अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ । उहाँले मुलुकी अपराध संहिता ०७८ अनुसार बालविवाह दण्डनीय अपराध भएको जनाउँदै २० वर्ष उमेर नपुगी विवाह गरे गराए स्वतः बदर हुनुका साथै तीन वर्ष कैद तथा ३० हजार जरिवाना हुने कानुनी व्यवस्थाबारे पनि समुदायलाई जानकारी दिनु भयो । ‘‘अब बालविवाह गरेर सजायको भागी हुने कि सम्मानसहित ५० हजार रुपियाँ थाप्ने रु’’ नगरप्रमुख क्षेत्रीले प्रश्नसहित समुदायसँग आग्रह गर्नुभयो, ‘‘तपाईहरुको सहयोगले नै बर्दीबासलाई बालविवाह मुक्त नगर बनाउन मद्दत पुग्ने हुँदा आजैबाट यो कुप्रथा अन्त्य गर्ने प्रतिबद्धता गरौं ।’’

वडा नं १४ का वडाध्यक्ष विजय महतोले बालविवाहले बच्चालाई शिक्षा, स्वास्थ्य र पोषणलगाएतको अधिकारबाट वञ्चित गराउने हुँदा यस्ता कुप्रथा उन्मुलन सबैको दायित्व भएको बताउनुभयो । यो व्यवस्था आजैका मितिबाट लागू भएको जनाउनुहुँदै उहाँले ५० हजार नगद हात पार्न ‘बिहेवारी २० वर्ष पारि’ लाई सबैले आत्मसात् गरी यो नमुना मुसहर बस्तीलाई साँच्चैको नमुना र उदाहरणीय बनाउन आग्रह गर्नुभयो । ‘‘यसले बालविवाह उन्मूलन र सचेतीकरण अभियानलाई बल मिल्ने विश्वास लिएका छौैं’’ महतोले भन्नुभयो । नगरपालिकाको ५० हजार पुरस्कारको घोषणाले आर्थिक सामाजिकरुपमा पछि परेको मुसहर समुदायमा भने तरङ्ग ल्याएको छ । समुदायका अधिकांशले यसलाई स्वागत गरेका छन् भने कतिपयले यो कठिन र जटिल भएको प्रतिक्रिया दिएका छन् ।

समुदायका मुखिया बिल्टु सदाले प्रोत्साहन भत्तालाई बालविवाह नियन्त्रण गर्ने प्रेरक कदम भएको धारणा राख्नुभयो । विपन्न परिवारका लागि ५० हजार ठूलो राशी भएकोले यसले समुदायमा सकारात्मक सन्देश गएको उहाँले बताउनुभयो । गाउँका अर्का युवा वसन्त सदाका अनुसार मुसहर समुदायमा १४र१५ वर्ष नपुग्दै भागी बिहे गर्ने कुप्रथा व्याप्त भएकाले यसलाई निर्मूल पार्न सीप र शिक्षामा जोड दिनुका साथै किशोरकिशोरलाई मोबाइलको कुलतबाट पनि मुक्त गर्नुपर्ने उहाँको भनाइ छ । काम छैन, सीप छैन, शिक्षा पनि छैन तर हातहातमा मोबाइल छ । किशोर किशोरीमा फोनबाटै कुरा मिलाउने र भाग्ने प्रवृत्ति बढ्दै गएको उहाँले सुनाउनुभयो । ‘‘गरिब दुखियाका लागि ५० हजार भनेको ठुलो चीज होल तर प्रेमको अन्धोले धन देख्दैन जोडीमात्र देख्छ । त्यसैले पुरस्कार दिने भन्दैमा बालविवाह समाप्त भइहाल्ने सोच्नु गलत जस्तो लाग्छ’’ सदाले भन्नुभयो । गोरखापत्र

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...