इलामकको सप्तमाइ मतदान केन्द्रमा महिला कर्मचारीले मात्र मतदान गराउँदै

Published on

काठमाडौं । इलामको निर्वाचन क्षेत्र नं। २ अन्तर्गत इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा मतदान गराउने जिम्मा महिलालाई दिइएको छ ।

सप्तमाइ अध्ययन तथा अनुसन्धान केन्द्रलाई नमुना मतदान केन्द्रका रुपमा परिभाषित गर्दै मतदानको सबै जिम्वेवारी महिलालाई मात्रै दिइएको हो । उक्त केन्द्रका मतदान अधिकृत सहायक मतदान अधिकृत र मतदान कर्मचारी सबै महिला रहनुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । पाँच सय ४५ मतदाता रहेको उक्त केन्द्रमा पाँच जना महिला कर्मचारी खटाइएको छ । उक्त केन्द्रमा स्वास्थ्यकर्मी तारा श्रेष्ठलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । साथै केन्द्रमा महिला प्रहरी मात्र खटाइएको छ भने धमाधम मतदान भइरहेको छ । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...