बर्षायाममा उपत्यकाभरी मेलम्ची पानी नआउने

Published on

काठमाडौं । यस वर्ष पनि बर्षायाममा मेलम्चीे पानी काठमाडौँ उपत्यका नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको बर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने निश्चित भएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रन्त लामिछानेका अनुसार ठूलो पानी पर्ने वित्तिकै आउने लेदोका कारण सुरुङ्मार्गमा असर पर्ने भएकाले वर्षायाममा पानी पथान्तर बन्द गरिने छ । ठूलो पानी पर्ने वित्तिकै आउने लेदोका कारण सुरुङ्मार्गमा असर पर्ने भएकाले वर्षायाममा पानी पथान्तर बन्द गरिने छ ।
उहाँले भन्नुभयो, “सुरुङ्मार्गमा बाढी रोक्ने पूर्वाधार बनिसकेको छैन । लेदोसहितको बाढी आउनेबित्तिकै सुरुङ्मा असर गर्ने भएकाले पानी पथान्तर रोक्ने योजना बनाएका छौँ । बर्षाको समय दुई महिना अबधिभर पानी उपत्यका नआउने उहाँको भनाइ छ । गतवर्ष बाढीेले गरेको हेडवक्र्स अहिलेसम्म नबनेकाले बर्षयाममा पानी उपत्यका पठाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

सामान्यतया नेपालमा जुन ८ ९जेठ २८० देखि मनसुन सुरु हुन्छ । यसपाली भने मौसम विज्ञान विभागले मनसुन सुरुहुने मिति किटान गरेको छैन । ठूलो पानी पर्ने बित्तीकै पानी पथान्तर रोक्न टोली तयारी अवस्थामा रहेको समितिका कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो । अघिल्लो वर्ष असार ८ गतेबाट काठमाडौँमा पानी पथान्तर कार्य रोकिएको थियो । गत वर्ष माघ १ गतेबाट मात्र उपत्यकामा मेलम्चीको पानी वितरण सुरू गरिएको थियो । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहेको छ । मेलम्चीको मुहानमा हाइड्रोलिक उपकरण राखे पनि गत वर्ष साउन २८ र २९ गते आएको बाढीले सुरूङको मुखमा क्षति गरेको थियो । सहायक सुरूङभित्र उपकरण पसाएर सफा गर्न कठिन भएकाले यसपटक सुरूङ सुरक्षाका लागि मनसुन सुरू हुनेबित्तिकै पानी पथान्तर रोकिने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले यस पटक थप सतर्कता अपनाउने तयारी गरेका छौं, अघिल्लो पटक बालुवा छिरेकाले सुरूङ सफा गर्न कठिन भयो । यसपटक त्यो नदोहोरियोस् भनेर सुरूमै सावधानी अपनाएका छौँ । २०७८ साल असार १ गते आएको निर्माण सकिएको पहिलो वर्षमै लेदोसहितको बाढीले आयोजनामा क्षति गरेपछि मेलम्चीको पानी बर्षायाममा उपत्यका ल्याउन समस्या भएको छ । मेलम्ची खानेपानी विकास समितिले करिब ३ करोड रुपियाँ खर्च गरेर गत माघमा अस्थायी तवरले पानी काठमाडौं ल्याएको थियो । यसपटक सुरूङ सुरक्षाका लागि मनसुन सुरू हुनेबित्तिकै पानी पथान्तर रोकिने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।
जसमा बाढीले कटान गरेको पहुँच मार्ग बनाउन एक करोड र सुरूङ सफा गर्न करिब दुई करोड रूपियाँ खर्च भएको थियो । मेलम्ची खानेपानी परियोजनाको दातृ निकाय एसियाली विकास बैंक (एडिबी) ले अम्बाथानमा रहेको हेडवर्क्सलाई अन्यत्र सार्न सुझाएको छ । त्यहाँ हेडवर्क्स सार्दा करिब चार अर्ब रुपियाँ खर्च हुने प्रक्षेपण गरिएको छ । गत वर्षको कात्तिकमा खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना दिगो रूपमा सञ्चालन गर्न एसियाली विकास बैंकले सुझाएको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायबारे विज्ञबाट पुनरावलोकन गर्ने निर्णय समेत गरेको थियो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...