बर्षायाममा उपत्यकाभरी मेलम्ची पानी नआउने

Published on

काठमाडौं । यस वर्ष पनि बर्षायाममा मेलम्चीे पानी काठमाडौँ उपत्यका नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको बर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने निश्चित भएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रन्त लामिछानेका अनुसार ठूलो पानी पर्ने वित्तिकै आउने लेदोका कारण सुरुङ्मार्गमा असर पर्ने भएकाले वर्षायाममा पानी पथान्तर बन्द गरिने छ । ठूलो पानी पर्ने वित्तिकै आउने लेदोका कारण सुरुङ्मार्गमा असर पर्ने भएकाले वर्षायाममा पानी पथान्तर बन्द गरिने छ ।
उहाँले भन्नुभयो, “सुरुङ्मार्गमा बाढी रोक्ने पूर्वाधार बनिसकेको छैन । लेदोसहितको बाढी आउनेबित्तिकै सुरुङ्मा असर गर्ने भएकाले पानी पथान्तर रोक्ने योजना बनाएका छौँ । बर्षाको समय दुई महिना अबधिभर पानी उपत्यका नआउने उहाँको भनाइ छ । गतवर्ष बाढीेले गरेको हेडवक्र्स अहिलेसम्म नबनेकाले बर्षयाममा पानी उपत्यका पठाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

सामान्यतया नेपालमा जुन ८ ९जेठ २८० देखि मनसुन सुरु हुन्छ । यसपाली भने मौसम विज्ञान विभागले मनसुन सुरुहुने मिति किटान गरेको छैन । ठूलो पानी पर्ने बित्तीकै पानी पथान्तर रोक्न टोली तयारी अवस्थामा रहेको समितिका कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो । अघिल्लो वर्ष असार ८ गतेबाट काठमाडौँमा पानी पथान्तर कार्य रोकिएको थियो । गत वर्ष माघ १ गतेबाट मात्र उपत्यकामा मेलम्चीको पानी वितरण सुरू गरिएको थियो । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहेको छ । मेलम्चीको मुहानमा हाइड्रोलिक उपकरण राखे पनि गत वर्ष साउन २८ र २९ गते आएको बाढीले सुरूङको मुखमा क्षति गरेको थियो । सहायक सुरूङभित्र उपकरण पसाएर सफा गर्न कठिन भएकाले यसपटक सुरूङ सुरक्षाका लागि मनसुन सुरू हुनेबित्तिकै पानी पथान्तर रोकिने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले यस पटक थप सतर्कता अपनाउने तयारी गरेका छौं, अघिल्लो पटक बालुवा छिरेकाले सुरूङ सफा गर्न कठिन भयो । यसपटक त्यो नदोहोरियोस् भनेर सुरूमै सावधानी अपनाएका छौँ । २०७८ साल असार १ गते आएको निर्माण सकिएको पहिलो वर्षमै लेदोसहितको बाढीले आयोजनामा क्षति गरेपछि मेलम्चीको पानी बर्षायाममा उपत्यका ल्याउन समस्या भएको छ । मेलम्ची खानेपानी विकास समितिले करिब ३ करोड रुपियाँ खर्च गरेर गत माघमा अस्थायी तवरले पानी काठमाडौं ल्याएको थियो । यसपटक सुरूङ सुरक्षाका लागि मनसुन सुरू हुनेबित्तिकै पानी पथान्तर रोकिने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।
जसमा बाढीले कटान गरेको पहुँच मार्ग बनाउन एक करोड र सुरूङ सफा गर्न करिब दुई करोड रूपियाँ खर्च भएको थियो । मेलम्ची खानेपानी परियोजनाको दातृ निकाय एसियाली विकास बैंक (एडिबी) ले अम्बाथानमा रहेको हेडवर्क्सलाई अन्यत्र सार्न सुझाएको छ । त्यहाँ हेडवर्क्स सार्दा करिब चार अर्ब रुपियाँ खर्च हुने प्रक्षेपण गरिएको छ । गत वर्षको कात्तिकमा खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना दिगो रूपमा सञ्चालन गर्न एसियाली विकास बैंकले सुझाएको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायबारे विज्ञबाट पुनरावलोकन गर्ने निर्णय समेत गरेको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...