परम्परागत सिप सिक्दै विद्यार्थी

Published on

काठमाडौं । व्यास नगरपालिका–१०, बैरेनी, कुमालटारीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले शिक्षाका साथै परम्परागत सिप सिक्न थालेका छन् । विषयगत शिक्षाका अलवा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सिप र संस्कृतिबारे प्रशिक्षित गराउन थालिएको हो ।

सालको पातको दुनाटपरी, माटाका भाँडा, दियो, आरी, घैँटो, गाग्री, गमला, खुत्रुके बनाउने सिप सिकाउन थालिएको छ । विद्यालयका प्रधानाध्यापक आरसी पोख्रेलले आधुनिकतासँगै भित्रिएको नवीनतम प्रविधि, औजार उपकरणका कारण पुराना संस्कृतिलाई नेपाली समाजले बिर्संदै गएकाले यस्तो सिप सिकाउन थालिएको बताउनुभयो । पाठ्यव्रममा निर्धारित विषयका अलवा हाम्रो ग्रामीण जीवनको मूल आधारका रूपमा रहेको माटाका भाँडा, दुनाटपरी बनाउने सिप सिकाइरहेको पोख्रेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो व्यावहारिक ज्ञान दिने माध्यम मात्र होइन, नेपाल र नेपाली चिन्ने÷चिनाउने कडी पनि विद्यार्थीलाई सिकाएका हौ ।” सम्बन्धित सिप भएका पुराना शिक्षक विद्यालयमा भएकाले उनीहरूले विद्यार्थीलाई अतिरिक्त व्रिmयाकलाप अन्तर्गत यस्तो शिक्षा प्रदान गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

विद्यार्थीले ती सिप रुचिपूर्वक सिकिरहेका छन् । पुराना सिप नयाँ पुस्तालाई सिकाउन र संरक्षण गर्न विद्यार्थी सहयोगी हुने भएकाले यस्तो ज्ञान दिन थालिएको विद्यालयले जनाएको छ । कक्षा ९ का ४३ जना विद्यार्थीले दुनाटपरी र माटाका भाँडा बनाउने तालिम लिइरहेको प्रधानाध्यापक पोख्रेलले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...