वासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो

Published on

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) मा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

वासिङ्टन र अबुधावीस्थित नेपाली राजदूतावासमा मङ्गलबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा अमेरिका तथा युएईका लागि नेपाली राजदूतहरू क्रमशः श्रीधर खत्री र तेजबहादुर क्षेत्रीले लामो सङ्र्घ र बलिदानबाट प्राप्त गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, विकास तथा सुशासन कायम गर्नु सबै नेपालीको दायित्व भएको बताउनुभयो । त्यसअघि उहाँहरूले दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराउनुभएको थियो । अबुधाबिमा भएको कार्यक्रममा युएईमा रहेका नेपाली समुदाय, विभिन्न पेसा र व्यवसायमा आबद्ध नेपाली र कूटनीतिक कर्मचारीसहित एक सय जनाभन्दा बढीको उपस्थिति थियो । उक्त दूतावासका अनुसार नेपालको समुन्नत भविष्यका लागि विदेशमा रहेका सबै नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा राजदूत क्षेत्रीले जोड दिनुभएको थियो । रासस

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...