रामसीता मन्दिरलाई ब्रदर्स कपको उपाधि

Published on

काठमाडौं । प्रथम ब्रदर्स कपको उपाधि रामसीता मन्दिरले उचालेको छ । ब्रदर्स युथ सोसाइटी क्लब तम्घासको आयोजनामा सञ्चालित प्रथम ब्रदर्स कप राष्ट्रियस्तरको खुल्ला पुरुष फूटबल प्रतियोगितामा उपाधि प्राप्तिका लागि कोब्रा ग्रूप तम्घास र रामसीता मन्दिर गौंडाकोटबीच प्रतिस्पर्धा भएको हो । खेलमा दुबै समूहले बराबरी गोल गरेपछि रामसीता मन्दिरले पेनाल्टी सुटमा उपाधि जितेको हो । उपाधिसँगै रामसीता मन्दिरले दुई लाख दुई हजार २०२ रुपियाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कोब्रा ग्रूपले एक लाख एक हजार १०१ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका सचिव रवि घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितमा कोब्रा ग्रूपका रुमन श्रेष्ठ बेस्ट डिफेन्डर र सोही ग्रूपका दिवेश छन्तेल बेस्ट स्टाइकर बन्नुभयो । रामसीता मन्दिरका सन्देश खनाल उत्कृष्ट गोलरक्षक र सोही समूहका अनुज गैरे टप स्कोरर बन्नुभयो । रामसीता मन्दिरका मनिष तामाङ प्लेयर अफ टुर्नामेन्ट हुनुभयो । तम्घासको चिदिचौर खेल मैदानमा सञ्चालन भएको प्रथम ब्रदर्स कप राष्ट्रियस्तरको खुल्ला पुरुष फूटबल प्रतियोगितामा दश समूहले भाग लिएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

काठमाडौं । जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७...

झापा–४ मा रास्वपाको अग्रता

काठमाडौं । झापाको क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भुप्रसाद ढकालले सुरुवाती अग्रता लिनुभएको...

पाँचथरमा मतगणना सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पाँचथरमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको...

नवलपुरका दुबै क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता

काठमाडौं । नवलपुरका दुबै निरणवाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको...