राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : उपराष्ट्रपति ह्यारिस

Published on

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताउनुभएको छ ।

आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछुू, ह्यारिसले एक विज्ञप्तिमार्फत बताउनुभयो । डेमोक्र्याटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार सन् २०२४ राष्ट्रपतिय चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नुभएको हो । उहाँले पनि डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वारका रूपमा ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको छ । ह्यारिसले पूर्व सभामुख न्यान्सी पेलोसीसहित धेरै प्रमुख डेमोक्र्याटिक व्यक्तित्वको समर्थन प्राप्त गरेको जनाइएको छ । रासस \ सिन्ह्वा

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...