मध्यपूर्वमा युद्धविराम सम्झौता नजिक : बाइडेन

Published on

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा युद्धविराम सम्झौता पहिलेको भन्दा नजिक रहेको बताउनुभएको छ । गाजा युद्धविराम सम्झौता भएको छ कि छैन भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा ह्वाइट हाउसको ओभल अफिसमा आयोजित एक कार्यक्रममा बाइडेनले आफूहरु पहिले भन्दा धेरै नजिक रहेको बताउनुभयो ।

राष्ट्रपतिले स्प्रिंगफील्ड १९०८ रेस दंगा राष्ट्रिय स्मारक नामकरण गर्ने घोषणामा हस्ताक्षर गर्न ढिलो हुनुको कारण मध्यपूर्वमा युद्धविरामको प्रयास रहेको बताउनुभयो । संयुक्त राज्य अमेरिका, इजिप्ट र कतारले शुक्रवार जारी गरेको संयुक्त विज्ञप्तिमा दोहामा विगत ४८ घण्टामा सरकारका वरिष्ठ अधिकारीहरूले युद्धविराम र बन्धकहरूको रिहाइको लागि सम्झौता निष्कर्षमा पुग्न मध्यस्थकर्ताको रूपमा गहन वार्तामा संलग्न रहेको बताइएको छ । राज्य विभागका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शनिवार इजरायलको यात्रा गर्ने बताउनुभयो ।

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...