बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो

Published on

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।

साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । बद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ । यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ । काठमाडौँबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि सुरुआती एकतर्फी भाडा रु ११ हजार ३६० रहेको छ । काठमाडौँबाट बिहान ७ः१५ बजे तथा वाराणसीबाट ८ः३० बजे उडान समय तोकिएको छ । बुद्ध एयरसँग हाल एटिआर ४२ दुई र एटिआर ७२ १६ गरी कुल १८ विमान छन् । रासस

ताजा समाचार

उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

काठमाण्डौँ । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले...

सिकलसेलका बिरामीको उपचारमा सहज हुने विश्वास

काठमाण्डौँ । सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्डको स्थापना हुने...

गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत

काठमाण्डौँ । इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको औँल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी...

कविडाँडा आख्यान पुरस्कार प्रा. कृष्ण गौतमलाई

काठमाण्डौँ । कविडाँडा आख्यान पुरस्कार २०८० आख्यानकार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरिएको छ ।...