रुपन्देही जिल्ला अदालत अगाडि सहकारीपीडितको प्रदर्शन

Published on

काठमाण्डौँ । सहकारीपीडितहरुले रुपन्देही जिल्ला अदालत भैरहवा अगाडि विरोध प्रदर्शन गरेका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पीडितले मङ्गलबार अदालत अघि विरोध प्रदर्शन गरेका हुन् । सुप्रिम पीडित सङ्घर्ष समितिमार्फत विरोध प्रदर्शन गरिएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान भइरहँदा बाहिर पीडितले प्रदर्शन गरेका हुन् । उनीहरूले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राईलाई राजनीतिक संरक्षणमा भगाइएको आरोप समेत लगाएका छन् ।

अदालतअघि विरोध प्रदर्शन गरिरहेका पीडित सरकारी वकिल कार्यालय अघि जान खोज्दा प्रहरीले रोकेको छ । वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढाले प्रहरी अनुसन्धान सुरु गरिरहेको भन्दै विरोध प्रदर्शन नगर्न आग्रह गर्नुभएको थियो । त्यसपछि पीडितले अदालत अघि नै प्रदर्शन गरेका हुन् । बचत रकम फिर्ता गर, हाम्रो रगत–पसिनाको कमाई फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीवी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर पीडितले विरोध गरेका हुन् । उनीहरूले रवि लामिछाने, जोशी र जीवी राईलाई राजनीतिक संरक्षण भएको समेत आरोप लगाएका छन् । सुप्रिम पीडित सङ्घर्ष समितिका संयोजक विजय नेपालले न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको जनाए । गोरखापत्र

ताजा समाचार

दलित हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन जरुरी : अध्यक्ष दाहाल

काठमाण्डौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले भेट...

आठौँ मण्डली कप हुने

काठमाण्डौँ । एक लाख ५० हजार राशीको आठौँ मण्डली कप कात्तिक २१ गतेदेखि हुने...

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारवाही हुन्छ : प्रधानमन्त्री

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने...

तिहार नजिकिएसँगै मादल बनाउने चटारो

काठमाण्डौँ । धनकुटा नगरपालिका –१ हिलेका छोटे (छविलाल) सार्कीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ...