धनुषामा चोकको नाम राख्ने विषयमा विवाद: प्रहरीको गोली लागेर एक घाइते

Published on

काठमाडौँ । धनुषाको सबैला नगरपालिका–९, भठिहन चोकमा दुई समूहबिचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । गोली लागेर स्थानीय २२ वर्षीय सन्तोष यादव घाइते भएको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले बताउनुभयो । चोकको नाम राख्ने विषयमा दुई समूहबिचको विवादले स्थिति तनावपूर्ण बनेपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । झडपमा चोट लागेर अन्य दुई जना घाइते भएका छन् । भठिहनस्थित चोकमा केही दिन अघि ‘यादव चोक’ लेखिएको बोर्ड लगाएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेर हटाएपछि दुई समूहबिच तनाव बढ्दै गएको थियो । सोही विषयलाई लिएर आइतबार पनि दुई पक्षबीच झडप भएको थियो । प्रहरीले श्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...