१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई ५० हजारसहित सम्मान

Published on

काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेर विवाह गर्ने १३ जना छोरीलाई सम्मान गरेको छ । गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बाल विवाह तथा भागी विवाह न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९/८० देखि २० वर्ष पुगेर विवाह गर्ने गाउँपालिकाभरिका छोरीलाई नगद ५० हजार रुपियाँसहित सम्मान गर्ने निर्णय गरेका थिए । सोही निर्णय बमोजिम चालू आर्थिक वर्ष २०८१/८२ को गत साउनदेखि अहिलेसम्म कक्षा १२ उत्तीर्ण भएका र २० वर्ष पुगेर विवाह गरेका १३ जना छोरीलाई सोमबार जनही ५० हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरिएको हो ।

सोही कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरी स्नातक तह पहिलो वर्षमा अध्ययनरत २३ जना छोरीलाई जनही ११ हजार रुपियाँ प्रदान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । अहिले स्नातक तह पढ्दै गरेका छोरीलाई पछि विवाहका बेला गाउँ कार्यपालिकाको निर्णय बमोजिम ५० हजार रुपियाँ प्रदान गरिने चन्द्रगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो । १२ कक्षा उत्तीर्ण भएपछि २० वर्ष पुुगेर विवाह गर्ने छोरीलाई तत्कालै ५० हजार रुपियाँ दिइने र विवाह नगरी स्नातक तह अध्ययन गर्ने छोरीलाई ११ हजार रुपियाँ प्रदान गरी विवाह गरेपछि बाँकी ५० हजार रुपियाँ पनि प्रदान गरिने गाउँपालिका अध्यक्ष महतोले प्रष्ट पार्नुभयो ।

गाउँपालिकाभित्र ५० प्रतिशतभन्दा बढी बालविवाह र २० प्रतिसत भन्दा बढी भागी विवाह हुने गरेकाले त्यसलाई नियन्त्रण गर्ने उद्देश्यले उच्च शिक्षा हाँसिल गरी २० वर्ष पुुगेर मात्रै छोरीको विवाह गर्ने/गराउने परिपाटीको विकास गर्ने उद्देश्यले नगदसहित सम्मान गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रमपछि छोरीलाई उच्च शिक्षा अध्ययन गराउने र २० वर्ष पुगेपछि मात्रै विवाह गराउने प्रवृत्ति बढ्दै गएको गाउँपालिका अध्यक्ष महतोले दावी गर्नुभएको छ । अतिविपन्न तथा दलित समुदायको बाहुल्यता रहेको चन्द्रनगर गाउँपालिकामा ति वर्ग र समुदायमा भने २० वर्ष पुगेपछि मात्रै विवाह गराउने प्रचलन बसाउन निकै सकस परिरहेको जनप्रतिनिधिले बताएका बताएका छन् ।

spot_img

ताजा समाचार

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...