बारामा ११ हजार मेट्रिकटन तेलहन बाली उत्पादन

Published on

काठमाडौँ । चालु आर्थिक वर्ष ०८१/८२ मा बाराका कृषकहरुले ११ हजार मेट्रिकटन तेलहन बाली उत्पादन गरेका छन् । यस वर्ष १० हजार हेक्टर क्षेत्रफलमा तेलहन बाली खेती गर्दा ११ हजार २ सय मेट्रिकटन तेलहन बाली उत्पादन भएको कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख राजनारायण साहले जानकारी दिनुभयो । गत वर्ष ०८०/८१ मा १० हजार २ सय हेक्टर क्षेत्रफलमा तेलहन खेती हुँदा ११ हजार २ सय २० मेट्रिकटनले तेलहन बाली उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २ सय हेक्टर क्षेत्रफलमा तेलहन खेतीमा कमी भएको छ ।

यसैगरी चालु आर्थिक वर्ष ०८१/०८२ जिल्लाका विभिन्न भेगमा गरी जम्मा ३० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको छ। जिल्लाको प्रायःसबै क्षेत्रमा गहुँ खेती हुने भएकाले सबै क्षेत्रका कृषकहरुले भृकुटी, बिजय, एनएल ९७, आदित्य, नेपाल ९७१, २९७ जातको गहुँको खेती गरेका हुन् । केहि दिनमै पाक्न लागेको गहुँ बाली भित्राउन किसानलाई चटारो हुनेछ । बदल्दिो मौसम तथा खेतीको दोस्रो बालीमा बढी हाँवाहुरी, असिनापानी आउने गरेकाले गहुँ भित्र्याउनमा अन्य कार्य छोडेर कृषकहरु बाली सुपार्नमा सपरिवार लाग्ने गर्छन् । गत वर्ष ०८०/०८१ मा ३० हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँ खेती गरेकोमा ३ मेट्रिकटनले ९० हजार मेट्रिकटन गहुँ उत्पादन भएको कार्यालयका अर्थबिज्ञ गणेश महराले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...