वीरगन्जमा महिलाको शव फेला

Published on

काठमाडौँ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ । शनिबार बिहान फेला परेको मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको रूपमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । प्रहरीका अनुसार अग्रवालको मृत्युका कारण हालसम्म स्पष्ट हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जङ्गली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृतकको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार शनिबार बिहानै शव देखिएपछि इलाकामा त्रास फैलिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताले भन्नुभयो, ‘‘शवको अवस्था हेर्दा विभिन्न सम्भावना देखिन्छ, तर शव परीक्षणको रिपोर्ट आएपछि मात्र यथार्थ कारण खुल्ने छ ।’’ प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको र आसपासका क्षेत्रमा सोधपुछ तथा प्रमाण सङ्कलन गरिरहेको बताएको छ ।

ताजा समाचार

मन्त्रीको सेवा, सुविधाको रकम समाजसेवामा

काठमाडौँ । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफूले सेवा,...

जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका

काठमाडौँ । जन्मदर्ता नहुँदा सडक बालबालिकाले अहिले पनि स्वास्थ्य शिक्षासहित राज्यबाट पाउने कुनै पनि...

इजरायली निकासी चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग

काठमाडौँ । इजरायली सैनिक (आइडिएफ) ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफूहरू बसिरहेको स्थान (रफाह)...

‘इयुसँग ‘आवश्यक भएमा’ अमेरिकी करको बदला लिने ‘कडा योजना’ छ’

कामठमाडौँ । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भन डेर लेयनले मङ्गलबार यो हप्ता लागू...