मन्त्रीको सेवा, सुविधाको रकम समाजसेवामा

Published on

काठमाडौँ । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफूले सेवा, सुविधावापत पाउने सबै रकम समाजसेवामा खर्च गर्नुभएको छ। प्रदेशसभाको अघिल्लो कार्यकालमा समेत सांसद रहनुभएका उहाँले सात वर्षको अवधिमा ७९ लाख ४२ हजार तीन सय २४ रुपियाँ सामाजिक कार्यमा खर्च गर्नुभएको हो। मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी उहाँले पछिल्लो वर्ष आफ्नो सेवा, सुविधाबाट गरेका सहयोगबारे जानकारी दिनुभयो। २०८० फागुनदेखि २०८१ माघसम्म उहाँले १० लाख एक हजार तीन सय २४ रुपैयाँ विभिन्न सङ्घ, संस्था र व्यक्तिलाई सहयोग गर्नुभएको छ। दोस्रो कार्यकालका लागि निर्वाचित भएपछिको पहिलो वर्ष आठ लाख ९६ हजार सामाजिक काममा खर्च भएको जानकारी दिनुभयो।

२०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएको पहिलो वर्ष ७ लाख नौ हजार एक सय ३५ रुपैयाँ, दोस्रो वर्ष छ लाख १० हजार ६ सय ३९ रुपैयाँ १० पैसा र तेस्रो वर्ष आठ लाख ५९ हजार ८ सय ६८ रुपैयाँ उहाँले विभिन्न सङ्घ, संस्था र व्यक्तिलाई प्रदान गर्नुभएको थियो। चौथो वर्ष उहाँले १३ लाख ६६ हजार तीन सय ६० रुपैयाँ र पहिलो कार्यकालको अन्तिम वर्ष पाँच लाख २५ हजार २ सय ४७ रुपैयाँ प्रदान गर्नुभएको थियो। उहाँले खानेपानी, विपन्न विद्यार्थीलाई छात्रवृत्ति, खेलमैदान निर्माण, बिरामीलाई सहयोग जस्ता क्षेत्रमा सहयोग गर्नुभएको छ। नेपाली कांग्रेसबाट निर्वाचित थापाले निर्वाचनकै बेला आफूले पाउने सेवा, सुविधा जनताकै निम्ति खर्चिने प्रतिबद्धता जनाउनुभएको थियो। “जनताकै माग अनुसार मैले पाउने सेवा, सुविधा मैले रचनात्मक कार्यमा खर्च गर्दै आएको छु। सेवा, सुविधावापत पाएको रकममा व्यक्तिगत रूपमा थपसमेत गरी सात वर्षमा करिब ७९ लाखभन्दा बढी सहयोग गरेको छु,” उहाँले भन्नुभयो। “कास्की २ (२) का जनतासँग गरेको प्रतिबद्धतालाई पूरा गर्न म लागेको छु।”

प्रदेशसभाको पहिलो कार्यकालमा उहाँ कानुन न्याय तथा सञ्चार मन्त्री हुनुहुन्थ्यो। उहाँले सङ्घ सरकारले कानुन निर्माण नगर्दा र आवश्यकता अनुसार बजेट नदिँदा जनअपेक्षा अनुरूप काम गर्न नसकेको उल्लेख गर्नुभयो। उहाँले आफ्नो मन्त्रालयले फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै, कमाउँदै सिक्दै, अभिभावक शिक्षा, गण्डकी स्वजागरण जस्ता कार्यक्रम सञ्चालन गरिरहेको जनाउनुभयो। गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयक छलफलका क्रममा रहेको र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयकसमेत प्रदेशसभामा रहेको उहाँले स्मरण गर्नुभयो। प्रदेशले आन्तरिक स्रोत बढाउन नसकेको र सङ्घकै भर पर्नुपर्ने अवस्थाले प्रदेश सरकारहरू प्रभावकारी बन्न नसकेको उहाँको भनाइ छ। नेपाल प्रेस युनियन कास्कीले आयोजन गरेको कार्यक्रमको अध्यक्ष वासुदेव मिश्रले गर्नुभएको थियो।

spot_img

ताजा समाचार

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...