ब्रान्ड बन्दै मही

Published on

काठमाडौँ । धनकुटा नगरपालिका वडा नम्बर १ का डेरी व्यावसायी राजु घिमिरेले महीको ब्रान्डिङ सुरु गर्नुभएको करिब डेढ वर्ष भयो। मही खाने नेपाली पुरानो परम्परालाई विस्थापित गर्दै कोल्ड ड्रिङ्स गाउँ घर समेत छाप्छाप्ती पाइन्छ।तर धनकुटाका उद्यमी घिमिरे भने महीलाई ब्रान्डिङ गरेर कोल्ड ड्रिङ्सको साटो प्रयोग गर्नेगरी निरन्तर लागि रहनुभएको छ।उहाँ एक लिटरको बोटलमा मही प्याकिङ गर्नु हुन्छ, लेबलिङ गर्नुहुन्छ।गुणस्तरीय बनाएर मही गाउँगाउँ, सहर, बजार, सार्वजनिक कार्यक्रम जताततै पुर्‍याउनुहुन्छ।

२०७५ सालदेखि डेरी व्यवसाय सुरु गर्नु भएका घिमिरेको सिंहदेवी डेरी उद्योगले पाँच वर्षपछि २०८० सालको सुरुवातबाट ‘दुर्गा मही’ उत्पादन सुरु गर्नुभएको हो।नैनी, पनिर र छुर्पी बजारमा बिक्न छाडेपछि डेरी व्यवसायमै टिकी रहन तथा नयाँ रूप दिन फरक तरिकाले व्यापार गर्न सुरु गरिएको मही उत्पादन अहिले भने धनकुटामा ब्रान्ड बन्दै गएको छ। डेरी उद्योगबाट उत्पादित नैनी, पनिर र छुर्पी बिक्री हुन समस्या भएपछि मही उत्पादन सुरु गर्नु भएका घिमिरेलाई अहिले बजारमा महीको माग धान्नै मुस्किल छ।“व्यापार छोड्ने अवस्था आएपछि बाध्य भएर मही अरू भन्दा फरक हुन मही उत्पादन सुरु गरेको बिक्ला नबिक्ला भन्ने लाग्थ्यो तर अहिले माग धान्नै सकिएको छैन”, घिमिरे भन्नुहुन्छ। स्थानीय तहले नै महीलाई बजारको पेय पदार्थको साटो प्रयोग गर्ने वातावरण बनाउनु पर्ने घिमिरेको भनाइ छ।

मही धनकुटाका हिले, पाख्रिवास, सिधुवा लगायतका क्षेत्रमा पुग्ने गरेको छ। अहिले धनकुटाका विभिन्न कार्यक्रममा मही पुग्ने गरेको छ।डेरीमा अहिले महीसँगै नैनी, पनिर र छुर्पी उत्पादन हुँदै आएको छ।शुद्ध, स्वादिष्ट र पौष्टिक युक्त तथा विषादी रहित हुने भएकाले मही उपभोग गर्ने गरेको उपभोक्ताको भनाइ छ।अन्य पेय पदार्थ प्रयोग गर्नुभन्दा मही प्रयोग प्रयोग गर्दा धेरै स्वास्थ्यवर्धक हुने भएकाले आफूले मही प्रयोग गर्ने गरेको धनकुटाका स्थानीय विमल दाहाल बताउनुहुन्छ। महीको गुणस्तर चेक गरी प्याकिङ गरिएको करिब एक हप्तासम्म प्रयोग गर्न मिल्ने खाद्य गुणस्तर तथा नापतौल विभागले अनुमति दिएको छ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...