चितुवाको आक्रमणबाट बालक घाइते

Published on

काठमाडौँ । बर्दियामा चितुवाको आक्रमणबाट १० वर्षीय बालक घाइते भएका छन् । गुलरिया नगरपालिका ५ बालापुरका सिर्जन थारू चितुवाको आक्रमणबाट घाइते भएका हुन् । हजुरबुवासँग केराबारीमा सिँचाइ गर्न गएको बेलामा थारूलाई चितुवाले आक्रमण गरेको थियो । हजुरबुवाले केरामा सिँचाइ गरिरहेको र बालक खाटमा बसिरहेको समयमा चितुवाले टिपेर दौडाएको थियो । दिउँसो कै समयमा भएकोले सबै जनाले होहल्ला गर्दा चितुवाले छोडेर भागेको स्थानीयले बताएका छन् । घाइते बालकको बर्दिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ । बालकको घाँटीको दुवैतिर र टाउकोमा समेत चोट लागेको हुनाले माथिल्लो अस्पतालमा पठाइएको बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। सुभाष पाण्डेले बताउनुभयो ।

ताजा समाचार

सेनाको गोरखा–जितगढी पदयात्रा टोली पाल्पामा

काठमाडौँ । नेपाली सेनाले गत चैत्र २८ गते देखि सुरु गरेको तेस्रो ऐतिहासिक गोरखा-जितगढी...

सहकारी समस्याबारे राष्ट्रपतिको चासो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गर्नुभएको छ...

संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्धन आवश्यक छः वनमन्त्री शाही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्धन गरी...

अन्तर्राष्ट्रिय जुडो बिहीबारदेखि

काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा सातौँ...