सानोमाई खोलाको पक्की पुल भत्किदा हुलाकी सडक अवरुद्ध

Published on

काठमाडौं । शनिवारदेखि आएको अविरल बर्षाका कारण झापामा सबैभन्दा बढी प्रभावित बनेको झापा गाउँपालिकास्थित सानोमाई खोलामा बनेको पक्की पुल बाढीले भत्काएको छ ।

हुलाकी सडक खण्डमा रहेको पुल भत्किएको हो । बाढीका कारण हुलाकी सडकका बिभिन्न ठाउँहरुमा क्षति गरेको छ । बाढीले पुलको संरचना क्षतिग्रस्त बनाउँदा झापा बजार, मिलनबस्ती र सुगा बथान जोड्ने मुख्य हुलाकी सडक खण्डमा यातायात अवरुद्ध बनेको बताइएको छ ।

झापा बजारबाट पश्चिमपट्टि हुलाकी राजमार्गमा पर्ने उक्त पक्की पुल बाढीको तीव्र बहावका कारण भत्किएको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

झापा गाउँपालिकाका खोला आसपासका सबै गाउँबस्ती डुबानमा परेका छन् । आइतवार साँझसम्म नेपाली सेनाको हेलिकप्टरले समेत बाढीमा फसेकाहरुको उद्धार गरेर सुरक्षित स्थलमा ओसारेको थियो । बाढीका कारण यस पालिकाका डुबान क्षेत्रहरुको अवस्था भयावह रहेको नेपाल रेडक्रस सोसाइटी झापाका शाखाका सभापति लोकराज ढकालले बताउनुभएकोक छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...