कालभैरव मन्दिर परिसरमा गणेश मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनको चर्चा

Published on

काठमाण्डौ, कात्तिक ४

बागलुङको दक्षिण क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ कालभैरव मन्दिर परिसरमा सिद्धिविनायक गणेशको मन्दिर निर्माण गरिएको छ।

बागलुङ नगरपालिका–१२ अमलाचौर काउले निवासी स्व. नगेन्द्रबहादुर र पार्वती खत्रीको सम्झनामा छोराबुहारी तथा छोरीज्वाईंहरूले करिब १० लाख रुपैयाँभन्दा बढीको लगानीमा उक्त गणेश मन्दिर निर्माण गराएका हुन्।

कालभैरव मन्दिर क्षेत्रको विकासका लागि आगामी दिनमा सहकार्य गर्न तयार रहेको एकबहादुर केसी संगमले जानकारी दिनुभयो।

कालभैरव मन्दिर बागलुङ नपा १२ मा पर्न आएको भए पनि वडा नं. १०, ११, १२, १३, १४ र जैमिनी नपा–१ का स्थानीयले यस मन्दिरलाई कोटका रूपमा पूजा गर्दै आएका छन्।

बाइसे चौविसे राजाको पालादेखि नै हरेलो पर्व मनाउने परम्परा रहेको र भैरवको विशेष पूजा गरिने किंवदन्ती रहेको समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताए।

गणेश मन्दिर उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले कालभैरव मन्दिर क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताउँदै नयाँ विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेर संरचना विकासमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले भने, “पछिल्लो समय मन्दिरको महत्व बढेसँगै देशभरबाट धार्मिक पर्यटक आउने गरेका छन्। यदि मौलिक वास्तुकला र संस्कृतिको संरक्षण गर्दै भौतिक पूर्वाधार विस्तार गरी सौन्दर्यकरण गर्न सकियो भने यो क्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्न सक्छ।”

मन्त्री पाठकले मन्दिर क्षेत्रमा हुने पुनर्निर्माण कार्य पुरातात्विक दृष्टिकोणले संवेदनशील हुनुपर्नेमा जोड दिँदै, “आफूखुसी आधुनिक निर्माणले मौलिकता नष्ट हुनसक्ने भएकाले पुरानो शैली र संस्कृति जोगाउँदै पुनर्निर्माण गर्न आवश्यक छ,” भन्ने सुझाव दिनुभयो।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...