लोकतान्त्रिक सबलीकरण र आर्थिक समृद्धितर्फ सरकारको प्रतिबद्धता : प्रधानमन्त्री कार्की

Published on

काठमाडौं, कात्तिक ५

प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक प्रणालीलाई सबल बनाउने, आर्थिक समृद्धि हासिल गर्ने र नागरिक अधिकारको रक्षा गर्दै भयरहित वातावरणमा नेपाली जनतालाई स्वतन्त्र रूपमा मताधिकार प्रयोग गर्न सक्ने सुनिश्चितता दिलाउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ।

बुधबार राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संविधानअनुसार प्रतिनिधि सभाको निर्वाचन २०८२ फागुन २१ गते सम्पन्न गर्न सरकार तयार रहेको बताउनुभयो।

“नेपाल सरकारसँग संविधानअनुसार जेनजी समूहको यथोचित आवाजलाई सम्बोधन गर्दै नेपाली जनतालाई सेवा दिने दायित्व रहेको छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “साथै निष्पक्ष निर्वाचन गराउने कार्यमा सबै राजनीतिक दल तथा समाजका वर्ग–समूहहरूको सहयोग रहने विश्वास लिएको छु।”

प्रधानमन्त्री कार्कीले नेपाल अझै पनि निरपेक्ष गरिबी र सामाजिक असमानताको समस्याबाट ग्रस्त रहेको उल्लेख गर्दै, यस्तो अवस्थाको अन्त्य गर्न सबैले राष्ट्रिय विभूति शंखधर साख्वाःले देखाएको मार्ग पछ्याउनु आवश्यक रहेको धारणा राख्नुभयो।

“व्यक्तिगत वा दलगत हितभन्दा माथि राष्ट्रिय हित राखेर अघि बढ्न सके मात्र हाम्रो राष्ट्रिय उद्देश्य पूरा हुनसक्छ,” उहाँले भन्नुभयो।

नेपाली नोटमा नेपाल सम्वत् उल्लेख गरिने

प्रधानमन्त्री कार्कीले नेपाली नोटमा नेपाल सम्वत् उल्लेख गर्ने तयारी सुरु गरिएको जानकारी पनि दिनुभयो।

“नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल सम्वत् उल्लेख गर्ने सम्बन्धमा सरोकारवाला निकायहरूसँग परामर्श गरी प्रक्रिया अघि बढाइनेछ,” प्रधानमन्त्रीको भनाइ थियो।

शंखधर साख्वाःले ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका नागरिकहरूलाई ऋणमुक्त गराएर नेपाल सम्वत् सुरु गर्नुभएको ऐतिहासिक योगदानलाई स्मरण गर्दै प्रधानमन्त्रीले उहाँको आदर्शबाट प्रेरणा लिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...