भासिएको मुग्लिन–पोखरा सडक मर्मत सुरु, मादी पुलको काम पनि तीव्र

Published on

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारको क्रममा भासिएको सडक खण्डको चार महिनापछि पुनः मर्मत सुरु गरिएको छ । व्यास नगरपालिका–३ दुर्गामन्दिरदेखि मादीपुलसम्म करिब एक सय मिटर सडक साउन अन्त्यमा अत्यधिक सवारी चापले गर्दा भासिएपछि एकतर्फी आवागमनमा सीमित गरिएको थियो । अब भासिएको स्थानमा संरचनात्मक बलियो बनाउने काम हाल धमाधम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार नयाँ संरचनामा बनेका दुई लेनले अत्यधिक ट्राफिकको भार थेग्न नसक्दा भासिएको हो । “स्थायी उपचारका साथ सडक पुनः सुरक्षित बनाइँदै छ,” पाण्डेले भन्नुभयो । मर्मत सम्पन्न भएपछि सवारी सञ्चालन थप सहज र सुरक्षित हुने दाबी उहाँले गर्नुभयो ।

जामुने–आँबुखैरेनी ४१.५ किलोमिटरको पूर्वी खण्ड चार लेनमा विस्तार भइरहेको छ । विसं २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ देखि सुरु गरिएको काम चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्कामा लिएको हो । हालसम्म पूर्वी खण्डको ८६ प्रतिशत काम सम्पन्न भइसकेको पाण्डेले बताउनुभयो  पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको लागत ७ अर्ब ४० करोड ४६ लाख रुपियाँ रहेको छ । परियोजना एशियाली विकास बैंकको ऋण सहयोगमा अघि बढिरहेको छ ।

मादी नदीमाथि चारलेन पुलको काम ७२ प्रतिशतमा
यससँगै, तनहुँस्थित मादी नदीमाथि निर्माणाधीन करिब ३१५ मिटर लम्बाइको नेपालकै पहिलो चारलेन क्षमताको आर्क डिजाइन पुलको काम तीव्र गतिमा अघि बढेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने यो संरचनालाई मुग्लिन–पोखरा सडक योजनाको महत्त्वपूर्ण भागका रूपमा लिइएको छ । सूचना अधिकारी पाण्डेका अनुसार पुलको संरचनागत काम लगभग सकिएको र डेक स्ल्याब, रेलिङ तथा फिनिसिङ कार्य तीव्र गतिमा भइरहेको छ । सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरिएको यो पुल देशकै सबभन्दा लामो आर्क डिजाइन पुल हो ।

निर्माण कम्पनी जेड–आइष्ट–अन्नक जेभीका साइड इन्चार्ज इञ्जिनियर धर्मप्रताप लामगादेले दैनिक करिब १०० जना मजदूर परिचालन गरिएको बताउँदै काम निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । पुलको आकर्षक बनावटले पर्यटक आकर्षण बढाउने र व्यास नगरसहित पृथ्वीराजमार्ग प्रयोगकर्ताका लागि सुरक्षित, वैकल्पिक र सुविधायुक्त आवागमन सुनिश्चित गर्ने लक्ष्य परियोजनाले लिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...