६ सयभन्दा धेरै सर्वसाधारणबाट करौडौं रकम ठगी गर्ने एक जना पक्राउ

Published on

काठमाडौं । प्रहरीले युरोप पठाउने भन्दै ६ सयभन्दा धेरै सर्वसाधारणबाट करौडौं रकम ठगी गर्ने एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै ललितपुर कोन्जोसोम घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो।

तामाङले काठमाडौँको बालाजु चोकस्थितमा यूरो विङ्स एजुकेसन कन्सल्टेन्सी संचालन गरी माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगाएतका देशहरुमा पठाईदिन्छु भनि ६ सय भन्दा धेरै सर्वसाधारण व्यक्तिहरुबाट करौडौं रकम ठगी गरेको डीएसपी अनिल घिमिरेले जानकारी दिए।

उनले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर बसुन्धारामा ५० लाख लगानी गरेको, ३५ लाखको हुण्डाई क्रेटा गाडी खरिद गरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...