किसानलाई धान भित्र्याउने चटारो

Published on

काठमाण्डौँ । सिन्धुलीका किसानलाई यतिखेर धान भित्र्याउने चटारो छ । तिहारअघि काटेको धानबाली वर्षाका कारण खेतमा नै नोक्सान भएपछि मौसममा सुधार आउने बित्तिकै उनीहरूलाई धान भित्र्याउन चटारो परेको हो । ‘अहिले किसानलाई वर्ष दिनसम्म खाने धानबाली सुरक्षित गर्न भ्याइनभ्याइ नै छ’ कमलामाई नगरपालिका –४ निवासी किसान वसन्त रायामाझीले भन्नुभयो, ‘अहिले किसान बिहानदेखि नै बेलुकासम्म धान काट्न, झार्न र भित्र्याउन खेतमा व्यस्त छन् ।’ तिहारअघि काटेको धानबाली वर्षाका कारण तीन दिनसम्म चुर्लुप्प डुब्दा किसानले धेरै नै नोक्सान सहनु परेको र जसोतसो भएको धान अहिले भित्र्याउन व्यस्त हुनु परेको उहाँको भनाइ छ । स्थानीय किसानका अनुसार जिल्लामा अन्न भण्डारको रूपमा रहेको कमलामाई नगरपालिका, मरिण गाउँपालिका, दुधौली नगरपालिका, तीन पाटन गाउँपालिका लगायतका ठाउँका किसान धान भित्र्याउन व्यस्त छन् ।

’रोपाइँ गर्ने बेलामा न समयमा बीउबिजन र मलखाद पाइन्छ’ दुधौली नगरपालिका –१ का किसान हिरालाल बराल भन्नुहुन्छ, ‘दुःख सुख रोपेको धान पनि भित्र्याउने बेलामा यो वर्ष प्रकृतिले पनि साथ दिएन । किसानलाई कसैगरी पनि सुख छैन ।’ वर्षाका कारण आफ्नो ११ कठ्ठामा काटेको धानबाली डुबेर नोक्सान भएको उहाँको दुःखेसो छ । त्यसो त गत असोज महिनाको दोस्रो सातामा परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले जिल्लामा ८५४ हेक्टरमा गरिएको धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तीन दिनसम्मको अविरल वर्षापछि जिल्लाका सुनकोशी नदी, रोसीखोला, मरिणखोला, बागमती नदी एवं विभिन्न खोलानालामा आएको बाढी तथा विभिन्न ठाउँमा गएको पहिरोले जमिन कटान र पुरेर उक्त क्षति गरेको हो ।

सुनकोसी र रोशी खोलामा आएको बाढीले सबैभन्दा बढी सुनकोसी गाउँपालिकामा धानबाली क्षति गरेको छ । काटेर घरमा भित्र्याउने बेला भएको धानबाली बाढीपहिरोको चपेटामा परी क्षति हुँदा किसानहरू चिन्तित बनेका छन् । कार्यालयका सूचना अधिकारी उमादेवी श्रेष्ठका अनुसार जिल्लामा कूल खेतीयोग्य जमिन ६९ हजार २५३ हेक्टरमध्ये यो वर्ष बर्से धान ११ हजार १८८ हेक्टर जमिनमा धान खेती गरिएको थियो । जिल्लामा २०८०–८१ मा बर्से धान उत्पादन ४५ हजार एक मेट्रिक टन भएकोमा बाढीपहिरो र फौजी किराका कारण यो वर्ष उत्पादन केही घट्ने अनुमान गरिएको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...