७३ मेगावट क्षमताको विद्युत उत्पादन ठप्प

Published on

काठमाडौँ । ताप्लेजुङमा निर्माण सम्पन्न भएकामध्ये सबैभन्दा ठुलो हाइड्रोपावर सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको उत्पादन करिब तीन साता अघिदेखि बन्द भएको छ । ७३ मेगावट क्षमताको हाइड्रोपावरको उत्पादन गत फागुन २८ गतेबाट ठप्प भएको हो । आयोजनाको ड्यामसाइडमा मर्मत सम्भारको कार्य जारी रहेकाले विद्युत् उत्पादन बन्द रहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन भित्रै विद्युत् उत्पादनको कार्यलाई सुरु गर्ने गरी निर्माणको कार्य तिव्र गतिमा भइरहेको छ । बर्खायामको समयमा आएको बाढी पसेर ड्यामसाइडमा क्षति पुर्‍याएको थियो । जसका कारण क्षमता अनुसारको उत्पादन नभएकाले मर्मतको कार्य अघि बढाइएको आयोजनाले जनाएको छ ।

करिब एक वर्ष अगाडिदेखि उत्पादन सुरु गरेको आयोजनाको विद्युत् कोशी कोरिडोर प्रसारण लाइनमा जडान गरिएको छ ।काठमाडौँ । ताप्लेजुङमा निर्माण सम्पन्न भएकामध्ये सबैभन्दा ठुलो हाइड्रोपावर सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको उत्पादन करिब तीन साता अघिदेखि बन्द भएको छ । ७३ मेगावट क्षमताको हाइड्रोपावरको उत्पादन गत फागुन २८ गतेबाट ठप्प भएको हो । आयोजनाको ड्यामसाइडमा मर्मत सम्भारको कार्य जारी रहेकाले विद्युत् उत्पादन बन्द रहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन भित्रै विद्युत् उत्पादनको कार्यलाई सुरु गर्ने गरी निर्माणको कार्य तिव्र गतिमा भइरहेको छ । बर्खायामको समयमा आएको बाढी पसेर ड्यामसाइडमा क्षति पुर्‍याएको थियो । जसका कारण क्षमता अनुसारको उत्पादन नभएकाले मर्मतको कार्य अघि बढाइएको आयोजनाले जनाएको छ । करिब एक वर्ष अगाडिदेखि उत्पादन सुरु गरेको आयोजनाको विद्युत् कोशी कोरिडोर प्रसारण लाइनमा जडान गरिएको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...