कालभैरव मन्दिर परिसरमा गणेश मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनको चर्चा

Published on

काठमाण्डौ, कात्तिक ४

बागलुङको दक्षिण क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ कालभैरव मन्दिर परिसरमा सिद्धिविनायक गणेशको मन्दिर निर्माण गरिएको छ।

बागलुङ नगरपालिका–१२ अमलाचौर काउले निवासी स्व. नगेन्द्रबहादुर र पार्वती खत्रीको सम्झनामा छोराबुहारी तथा छोरीज्वाईंहरूले करिब १० लाख रुपैयाँभन्दा बढीको लगानीमा उक्त गणेश मन्दिर निर्माण गराएका हुन्।

कालभैरव मन्दिर क्षेत्रको विकासका लागि आगामी दिनमा सहकार्य गर्न तयार रहेको एकबहादुर केसी संगमले जानकारी दिनुभयो।

कालभैरव मन्दिर बागलुङ नपा १२ मा पर्न आएको भए पनि वडा नं. १०, ११, १२, १३, १४ र जैमिनी नपा–१ का स्थानीयले यस मन्दिरलाई कोटका रूपमा पूजा गर्दै आएका छन्।

बाइसे चौविसे राजाको पालादेखि नै हरेलो पर्व मनाउने परम्परा रहेको र भैरवको विशेष पूजा गरिने किंवदन्ती रहेको समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताए।

गणेश मन्दिर उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले कालभैरव मन्दिर क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताउँदै नयाँ विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेर संरचना विकासमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले भने, “पछिल्लो समय मन्दिरको महत्व बढेसँगै देशभरबाट धार्मिक पर्यटक आउने गरेका छन्। यदि मौलिक वास्तुकला र संस्कृतिको संरक्षण गर्दै भौतिक पूर्वाधार विस्तार गरी सौन्दर्यकरण गर्न सकियो भने यो क्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्न सक्छ।”

मन्त्री पाठकले मन्दिर क्षेत्रमा हुने पुनर्निर्माण कार्य पुरातात्विक दृष्टिकोणले संवेदनशील हुनुपर्नेमा जोड दिँदै, “आफूखुसी आधुनिक निर्माणले मौलिकता नष्ट हुनसक्ने भएकाले पुरानो शैली र संस्कृति जोगाउँदै पुनर्निर्माण गर्न आवश्यक छ,” भन्ने सुझाव दिनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...