सीमानाकामा ‘डग स्नाइपिड’ अभियान

Published on

 काठमाडौं । सुनसरीको सीमावर्ती क्षेत्रमा भइरहेको लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ अभियान चलाएको छ । सीमावर्ती क्षेत्रमा छठ सकिएसँगै प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहितको ‘डग स्नाइपिड’ सुनसरीको कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुने चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरु गरेको हो । यहाँ १२ जना नेपाल प्रहरीको टोली र दुई वटा कुकुरसहित प्रहरी टोलीले चेकजाँच गर्दै अभियान सुरु गरेको जनाएको छ । लागुऔषध ओसारपसार नियन्त्रण गर्न नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ सहितको विशेष प्रहरी टोली परिचालन गरेको प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।

जिल्ला कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुनेस्थित नेपाल–भारत सीमानाकामा जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष तालिमप्राप्त कुकुरसहितको टोली तैनाथ गरेको उहाँले जानकारी दिनुभयो । सीमाक्षेत्र हुँदै लगातार अवैध रूपमा लागुऔषध भित्रिन थालेपछि नियन्त्रणमा कडाइ गर्न यस्तो कदम चालिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भान्टाबारीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीले भन्नुभयो, “सीमापारि भारतीय बजारमा ब्राउन सुगर, कोरेक्स, नाइट्रोजेपाम जस्ता प्रतिबन्धित लागुऔषध सजिलै कारोबार हुने र यहाँबाट ओसारपसार हुने क्रम बढेकाले विशेष तालिम प्राप्त कुकुरको सहयोगमा चेकजाँच अभियान थालेका हौँ ।” 

उहाँका अनुसार मङ्गलबार दिउँसोदेखि औपचारिक रूपमा भान्टाबारी नाकाबाट यो अभियान सुरु गरिएको हो । अभियान अन्तर्गत प्रदेशका विभिन्न सीमावर्ती नाकामा पनि निगरानी तथा चेकजाँचलाई थप कडाइ गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाले जानकारी दिनुभयो । स्नाइपिड टोलीमा १० जना नेपाल प्रहरी र दुई जना ट्राफिक प्रहरी गरी १२ जना प्रहरी र दुई वटा कुकुर रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...