सीमानाकामा ‘डग स्नाइपिड’ अभियान

Published on

 काठमाडौं । सुनसरीको सीमावर्ती क्षेत्रमा भइरहेको लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ अभियान चलाएको छ । सीमावर्ती क्षेत्रमा छठ सकिएसँगै प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहितको ‘डग स्नाइपिड’ सुनसरीको कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुने चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरु गरेको हो । यहाँ १२ जना नेपाल प्रहरीको टोली र दुई वटा कुकुरसहित प्रहरी टोलीले चेकजाँच गर्दै अभियान सुरु गरेको जनाएको छ । लागुऔषध ओसारपसार नियन्त्रण गर्न नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ सहितको विशेष प्रहरी टोली परिचालन गरेको प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।

जिल्ला कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुनेस्थित नेपाल–भारत सीमानाकामा जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष तालिमप्राप्त कुकुरसहितको टोली तैनाथ गरेको उहाँले जानकारी दिनुभयो । सीमाक्षेत्र हुँदै लगातार अवैध रूपमा लागुऔषध भित्रिन थालेपछि नियन्त्रणमा कडाइ गर्न यस्तो कदम चालिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भान्टाबारीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीले भन्नुभयो, “सीमापारि भारतीय बजारमा ब्राउन सुगर, कोरेक्स, नाइट्रोजेपाम जस्ता प्रतिबन्धित लागुऔषध सजिलै कारोबार हुने र यहाँबाट ओसारपसार हुने क्रम बढेकाले विशेष तालिम प्राप्त कुकुरको सहयोगमा चेकजाँच अभियान थालेका हौँ ।” 

उहाँका अनुसार मङ्गलबार दिउँसोदेखि औपचारिक रूपमा भान्टाबारी नाकाबाट यो अभियान सुरु गरिएको हो । अभियान अन्तर्गत प्रदेशका विभिन्न सीमावर्ती नाकामा पनि निगरानी तथा चेकजाँचलाई थप कडाइ गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाले जानकारी दिनुभयो । स्नाइपिड टोलीमा १० जना नेपाल प्रहरी र दुई जना ट्राफिक प्रहरी गरी १२ जना प्रहरी र दुई वटा कुकुर रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...