एन्फा प्रेसिडेन्ट लिग : उपाधीका लागि लालीगुराँस र चित्लाङ भिड्दै

Published on

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको एन्फा प्रेसिडेन्ट लिग–२०२५ को उपाधीका लागि कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसीबिच मङ्गलबार फाइनल खेल हुँदैछ । दुबै टिमले हेटौँडा उपमहानगरपालिका ६ स्थित गौरीटार रंगशालामा दिउँसो २ बजे फाइनल खेल हुने उपाधी हात पार्ने दाबी गरेका छन् ।

मकवानपुरको पर्यटकीय एवम् ऐतिहासिक स्थल मकवानपुरगढी पसिरसरमा भएको प्रि–म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधी आफ्नो पक्षमा पार्ने बताएका हुन् । फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने भएको छ । यसअघि लिगचरणको खेलमा लालीगुराँसले चित्लाङलाई पराजित गरेको थियो । लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठले चित्लाङसँग यसअघि भएको खेलमा आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्दै जितेको भन्दै अहिले पनि खेलाडीको तालमेल मिलेको छ र उत्तेजित नभई खेल्ने भएकोले उपाधी आफ्नो टिमको पोल्टामा आउने बताउनुभयो ।

लालीगुराँस लिगमा एकमात्र अपराजित टोली हो । यस्तै, चित्लाङका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिमको खेलमा सुधार भएकाले उपाधी जित्न खेलाडीहरु प्रतिबद्ध रहेको दाबी गर्नुभयो । फाइनलमा विजेता टिमले १० लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने छ  । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...