दाइजो नदिँदा घर निकाला : न्यायको खोजिमा सुमन

Published on

काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल की २२ वर्षीया सुमन कुमारी मण्डलको २०७८ साल फागुन २९ गते तिलाठी कोइलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह भयो । नयाँ सपना बोकेर नयाँ जिवनको सुरुवात गर्ने उहाँको त्यो सपना साकार हुन सकेन । किनभने विवाह भएको चारदिनमै उहाँ घर निकालामा पर्नुभयो । मागे जति दाइजो नल्याएको निहुँमा उहाँलाई निर्घात कुटपीट गर्दै घर निकाला गरियो । ससुराली पक्षबाट पीडित उहाँ अहिले न्यायका लागि भौतारी रहनुभएको छ ।

सोही क्रममा राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै सुमनले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाइजो नल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर निकाला समेत गरिदिएको गुनासो पोख्नुभयो । विवाह दर्ताका पटक–पटक आग्रह गर्दा पनि नमानेको र उल्टै श्रीमान, सासु, ससुरा र नन्दसहित सिङ्गो परिवारबाट यातना भोग्नु परेको उहाँले सुनाउनुभयो । श्रीमानलाई अर्काे विहे गर्ने बाटो खुला होस भन्ने मनसायले पनि आफुसँग यस्तो व्यवहार भएको उहाँले दुखेसो पोख्नुभयो ।

ससुराली पक्षले घरमा राख्न अस्विकार गरेपछि सुमन लामो समयदेखि माइती घरमा बस्दै आउनुभएको छ । दुवै पक्षका अभिभावकको सहमतीमा भएको विवाहमा दुईलाख ५० हजार रुपैयाँ नगद, आधी तोला सुनको गरगहना, लत्ताकपडा, भाँडाकुडा र फर्निचर लगायतका सामग्री दिएको सुमनका बुवा कृष्णदेवले बताउनुभयो । उहाँले थप दाइजोको रुपमा गाउँमा आफ्नो नाममा रहेको पाँच कठ्ठा जग्गा माग्दै दबाब दिन थालिएको र असमर्थता व्यक्त गरेपछि छोरीलाई शारिरीक र मानसिक यातना दिइएको आरोप लगाउनुभयो । छोरीलाई यातना दिनेमाथि कारवाहीको माग गर्दै न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेको बुवा कृष्णदेवले जानकारी दिनुभयो । यससबारे उहाँका श्रीमान राधेश्यामसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...