टी–२० विश्वकप : श्रीलङ्कालाई हराएको पाकिस्तान बाहिरियो

Published on

काठमाडौं । पाकिस्तान आइसिसी टी–२० विश्वकपको सुपर आठबाट बाहिरिएको छ । कोलम्बोमा शनिबार राति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पाँच रनले हराए पनि अघिल्लो चरणमा पुग्न सकेन । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । दुई सय १४ रनको लक्ष्य पछ्याएको घरेलु टोली श्रीलङ्का निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो । यदि पाकिस्तानले श्रीलङ्कालाई एक सय ४७ रनमा रोक्न सकेको भए उसको सेमिफाइनल यात्रा पक्का हुने थियो । सुपर आठको समूह–२ मा रहेको पाकिस्तान न्युजिल्यान्डसँग नेट रनरेटका आधारमा पनि परेको हो ।

यससँगै यस समूहबाट इङ्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ । समूह–१ बाट दक्षिण अफ्रिका अपराजित रहँदै सेमिफाइनलमा पुगिसकेको छ । अब साविक विजेता भारत र वेस्ट इन्डिजमध्ये एक टोलीले सेमिफाइनलमा स्थान बनाउने छ । भारत र वेस्ट इन्डिजबिचको खेल आज (आइतबार) राति हुने छ । रोचक खेलमा श्रीलङ्काका लागि कप्तान कप्तान दासुन सनकाले सर्वाधिक ७६ रन बनाउनुभयो । यस्तै पाभन रन्तायेकेले ५८, कामिल मिश्राले २६ र चारिथ असलङ्काले २५ रन बनाउनुभयो । बलिङमा पाकिस्तानका अबरार अहमेदले तीन विकेट लिनुभयो । साहिन शाह अफ्रिदी, नसिम शाह र मोहमद नवाजले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर साहिबजाद फर्हानले शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ६० बलमा नौ चौका र पाँच छक्काको सहयोगमा सय रन बनाउनुभएको हो । उहाँ जारी विश्वकपमा दुई शतक बनाउने पहिलो खेलाडीसमेत बन्नुभएको छ । उहाँले यसअघि नामिबियाविरुद्धको खेलमा शतक हान्नुभएको थियो । यस्तै फहकर जमनले ८४ रन बनाउनुभयो । बलिङमा श्रीलङ्काका डिल्सान मादुसा श्रीलङ्काले तीन विकेट लिनुभयो । दासुन शनाकाले दुई तथा दुस्मन्थ चमेराले एक विकेट लिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...