काठमाडौं- रमेश लेखक । एउटा अनुभवी राजनिति क्षेत्रमा लागेको व्यक्तिको नाम । विगतमा प्रतिनिधिसभा सदस्य देखि मन्त्री सम्म भएका यी व्यक्ति पुन अहिले सत्तारुढ गठबन्धनबाट कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिभिसभा सदस्यको लागि चुनावी मैदानमा छन् । जन्मथलो सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला भएको उनको हाल बसोबासको जिल्ला भने कञ्चनपुर हो । विगतमा नेपाल सरकारका मन्त्री भएका उनी को हुन्, उनको हालसम्मको जीवनकाल कस्तो रहेको छ र उनको कञ्चनपुरको लागि सपना के छ भनी एएनएन कर्मी चन्द्रकान्त जोशीले तयार पारेको सामग्री ।
-वर्तमान परिपेक्षमा नेपाली काङ्ग्रेसका सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिती बनाएका रमेश लेखक बैतडी जिल्लाको आइत भन्ने गाउँमा जन्मेका हुन् । उनको प्रारम्भिक शिक्षा गाउँघरका अन्य विद्यालय सँगै पढेको उनको थप ४ कक्षा सम्मको पढाइ भने साइलेखको विरेन्द्र बहुउदेश्यीय विद्यालयमा भयो । यो सँगै उनी आफ्नो जन्मभुमी छाडेर १० वर्षको उमेरमा उनको परिवार सँग उनी महेन्द्रनगर बसाइसराइ हुन कञ्चनपुर आए । त्यसपछि ५ कक्षा देखि १० कक्षा सम्म उनले महेन्द्रनगर स्थित बैजनाथ विद्यालयमा अध्ययन गरे । त्यो समयमा महेन्द्रनगरमा एउटा मात्रै क्याम्पस शिद्धनाथ विज्ञान क्याम्पस मात्रै थियो । १० कक्षा उत्तिर्ण गरेका उनलाई विज्ञान विषय पढ्ने इच्छा भएपछि उनले शिद्धनाथ विज्ञान क्याम्पसबाटै विज्ञान विषयमा आइएसी पास गरे । त्यसै क्रममा २०३७ सालमा नेपाल विद्यार्थी संघबाट शिद्धनाथ विज्ञान क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा उनले आफ्नो जीवनको पहिलो चुनावी प्रतिस्पर्धामा भाग लिए । सभापतिबाट राजनितिक यात्रा सुरु गर्न चाहेका उनले सभापतिकै चुनावमा हार व्यहोर्नुपर्याे । विज्ञान विषयको पढाई सकिएपछि उनी उच्च शिक्षा अध्ययनको लागि भारत गए । उच्च शिक्षा हासिल गर्न भारत गएका उनी भारत गएर बिए, एमए र बिएएलएलबी शिक्षा हासिल गरे । उच्च शिक्षा हासिल सँगै उनी नेपाल फर्किएर स्थानिय ठाउँ महेन्द्रनगरमा उनले आफ्ना केही काम अगाडि बढाए । त्यसपछि २०४८ सालमा उनी नेपाली काङ्ग्रेसको जिल्ला सचिव भए ।
यो सँगै उनले महेन्द्रनगर कानूनी व्यवसाय पनि सँगै सञ्चालन गरे । यसैगरि उनी पत्रकार पनि भए । त्यो बेला महाकाली साप्ताहिक पत्रिकाको उनी कार्यकारी सम्पादक भएर काम गरेको उनीसँगै नौलो अभ्यास छ । पुन उनको यात्रा शिक्षा तिर मोडिन पुन्यो । उनि शिद्धनाथ विज्ञान क्याम्पसमा वाण्ज्यि संकाय, इतिहास संकाय र कानूनमा अध्यापनको काम गर्न थाले । यसरी विभिन्न क्षेत्रमा काम गर्दै उनी विस्तारै समाज सेवा सँगै राजनितिक क्षेत्रमा सक्रिय हुन थाले । यस्तै २०४९ साल देखि २०५६ सालसम्म दुई कार्यकाल उनले नेपाली काङ्ग्रेसको जिल्ला सचिव भएर काम गर्ने अवसर पाए । यसैगरी २०५६ सालमै कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको लागि नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार भए । उम्मेदवार भएसँगै कञ्चनपुरका जनताले उनलाई जित हासिल गराए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनको सासंद यात्रा पनि सुरु भयो । सासंद भएर दुई वर्ष काम गरिसकेपछि उनले नेपाली काङ्ग्रेसको संसदिय दलको सचेतक हुने अवसर पनि पाए । यो सँगै कञ्चनपुर जिल्लाको लागि केही महत्वपूर्ण विकासका योजना प्रारम्भ गर्ने अवसर पनि उनले प्राप्त गरे । कञ्चनपुर जिल्लाको लागि उनको पहिलो महत्वपूर्ण काम भने हालको दोधरा चाँदनी झोलुङ्गे पुल हो । महाकाली नदीपारिको नेपाल भनेर चिनिने गरेको नेपाललाई उनले पुलले जोडिदिए । यो सँगै हालको दोधरा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका क्षेत्रका महाकाली नदी किनारका भागमा डुबान तथा कटानको एकदमै समस्या रहेको थियो । उक्त समस्यालाई मध्यनजर गर्दै उनले दोधरा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका तर्फको महाकाली नदीको वारिपारिको ठूलो भागमा तटबन्ध निमार्ण गर्ने अर्काे महत्वपूर्ण काम गरे ।
यसैगरि भीमदत्त नगरपालिकाको ठूलो समस्या चुरे तर्फको क्षेत्रमा खानेपानीको एमदमै ठूलो समस्या थियो । खानेपानीको समस्यालाई मध्यनगर गर्दै प्राविधिक चुनौतीका बावजुत खानेपानीको समस्यालाई सामाधान गर्न ओभरहेट ट्याङ्की बनाएर खानेपानीको सुविधा प्रत्याभुत गर्ने सपना पनि उनले सफल गरे । यो सँगै त्यो समयमा राजनितिक उतारचढाव भयो । जसका कारण उनले देखेका सपमा केही पर धकेलिन पुगे । राजनितिक उतारचढावकै कारण २०५२ सालदेखि नेकपा माओवादीले हतियार उठायो । यो सँगै २०५९ सालमा तत्कादिन राजाले देशमा कु गर्याे । पछि २०६२ सालमा नेपाली काङ्ग्रेसको नेतृत्वमा प्रतिनिभिसभा पुर्नस्थापना भयो र माओवादी सँग पनि वार्ता भयो । यो सँगै रमेश लेखकले तत्कालिन ७ दल र नेपाल सरकारको तर्फबाट माओवादी सँग वार्ता गर्नेटोलीको सदस्यको रुपमा काम गर्ने अवसर समेत पाए । यो क्रम सँगै उनी त्यसै बेला नेपाल सरकारको श्रम राज्य मन्त्रीमा नियुक्त हुन सफल भए । त्यसपछि श्रम मन्त्रालयकै मन्त्रीका रुपमा पनि अझ उनले काम गर्ने अवसर पाए । यतातर्फ माओवादी सँग पनि वार्ता सुरु भयो र परिणाम सुखद आयो र अन्तिममा वार्ता सफल पनि भयो । यो सँगै नेपालको अन्तरिम संविधान २०६३ लाई पनि अन्तिम रुप प्रदान गर्ने भनेर तत्कादिन ७ दलले लेखकलाई नै दिएका थिए । यसैगरि २०६४ सालमा अर्काे निर्वाचन भयो ।
त्यो समयमा उनले प्रत्यक्ष चुनाव नलडेर समानुपातिक तर्फ उम्मेदवारी गराए । अन्तिममा पहिलो संविधान सभामा प्रतिनिधित्व प्रदान गर्ने अवसर पनि सासंदकै रुपमा उनले गर्न पाए ।यो क्रमसँगै संविधानसभाका विभिन्न महत्वपूर्ण समितिमा समेत उनले काम गर्ने अवसर पाए । जस्तै मौलिक हक, मस्यौदा समिति, लगायत विभिन्न क्षेत्रमा उनले काम गर्ने अवसर पायो । त्यसपछि समयक्रम सँगै २०७० सालमा संविधान सभाको लागि निर्वाचन भयो । संविधानसभाको लागि निर्वाचनमा उनले तत्कालिन कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर ४ बाट निर्वाचन लडे र परिणामतह उनले अझ जित हासिल पारे । निर्वाचित भएसँगै उनले पुन संविधान लेखनको कार्यलाई निरन्तरता प्रदान गरे । यसैगरि संविधानको अन्तिम रुप दिने कार्यदलमा पनि उनी सदस्य भएर काम गरे । यो क्रम सँगै नेपालको संविधान २०७२ जारी भयो । संविधान जारि भएपश्चात उनी आफ्नो जिवनको सुखको क्षण नै माओवादी सँग भएको वार्ता सफल हुनु र आफूले लेखेको नेपालको संविधान २०७२ जारी हुनुलाई मान्ने गर्दछन् ।
यसैगरि उनले तेस्रो पटकको सासंदको यात्रालाई कायम राख्दै कञ्चनपुर क्षेत्रको लागि महत्वपूर्ण काम अगाडि बढाउने अठोट लिए । सँगै उनी मन्त्री पनि भए । मन्त्री भएको समयमा उनको मनमा एउटा सपना बुनियो । जुन सपनाले त्रिदेशिय नाकाको नाम पायो । त्यसपछि उनी कञ्चनपुरलाई भारत सँग सुख्खा बन्दरगाहले जोड्ने र चिनलाई कञ्चनपुर सँग त्रिदेशिय नाकाको रुपमा जोड्ने अठोटलाई निरन्तरता दिने विचारमा पुगे । त्यसपछि उनले हाल सञ्चालनमा रहेको चारलेनको महाकाली पक्की पुलको परिकल्पना गरे । उनी मन्त्री भएको समयमा बुनेको सपना भित्रको एक भाग पुलको निमार्ण कार्य भने लगभग सकिएको छ । जसले सिङ्गो दोधराचाँदनी नगरपालिकालाई सडकसञ्जालको मुलधार सँग जोडेको छ । त्रिदेशिय नाकाको सपना बोकेका उनले महाकाली करिडोर क्षेत्रलाई समेत अगाडि बढाए । कञ्चनपुरको दोधराचाँदनी नगरपालिका हुँदै महाकाली चारलेनको पुल त्यसै गरेर ब्रह्मदेव हुँदै डडेल्धुरा, बैतडी र दार्चुला भएर चीनको सिमाना तिब्बत सम्म महाकाली करिडोर नामक सडक सञ्जाललाई अन्तिम रुप दिएर महाकाली किनारै किनार त्रिदेशिय नाकाको अवधारणालाई अन्तिम रुप दिने उनको सपना छ ।
मन्त्री भएकै समयमा उनले महाकाली चारलेनको पक्की पुल र महाकाली करिडोर क्षेत्रमा अरबौ बजेट विनियोजन गरेका थिए । हाल पुल सम्पन्न हुने चरणमा भएपनि महाकाली करिडोर भने निामार्णको चरणमा रहेको छ ।
यसैगरी २०७४ सालमा अर्काे निर्वाचन भयो र उक्त निर्वाचनमा उनले हार व्यहोर्नु पर्याे । पुन अहिले आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको लागि निवाचन हुँदैछ । अहिले पनि रमेश लेखकले आफ्नो सपना पुरा गर्ने र कञ्चनपुरलाई आर्थिक सम्वृद्धि सँग जोड्ने कुरालाई चुनावी मुद्धा बनाएका छन् । आगामी चुनावमा उनले कञ्चनपुर क्षेत्र नम्बर ३ को सुख्खाबन्दरगाह, सञ्चालनमा आउन नसकेको मझगाउँ बिमानस्थल, महाकाली करिडोर, महाकाली अस्पताल सुधार, सिमा स्तम्भ पुर्ननिमार्ण तथा व्यवस्थापन लगायत मुलभुत रुपमा त्रिदेशिय नाकाका परिकल्पना जस्ता मुद्धालाई उनले उठान गरेका छन् ।