गट्ठाघर दुर्घटना छानबिन समिति गठन

Published on

काठमाडौं । भक्तपुरको गट्ठाघर चोकमा भएको सडक दुर्घटनासम्बन्धमा छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिमा भक्तपुर प्रहरीका प्रहरी नायब उपरीक्षक राजन कार्की, नागरिक समाजका तुलसीहरि कोइराला, यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय राधेराधेका मेकानिकल इन्जिनियर उत्तम बस्नेत सदस्य रहनुभएको छ । समितिमा यातायात व्यवसायीका तर्फबाट पनि प्रतिनिधि रहने छन् । सहायक प्रजिअ निरौलाले शुक्रबार गठित समितिले एक सातामा अध्ययन पूरा गरी सुझावसहित प्रतिवेदन बुझाउने बताउनुभयो । भक्तपुरको गट्ठाघर चोकमा साउन ३१ गते ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएर घिसार्दा ओखलढुङ्गा स्थायी घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१०, कपन बस्ने ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको थियो ।

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...