‘हिन्दु राष्ट्र घोषणा गरिनु अपरिहार्य’

Published on

काठमाडौँ । प्रतिनिधी सभा सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारी नेपाललाई तत्काल सनातन हिन्दु राष्ट्र घोषणा गरिनु अपरिहार्य भएको बताउनु भएको छ । एक सय २० वर्षभन्दा पुरानो मन्दिरको स्तरोन्नती तथा प्रचार प्रसार गर्न शुक्लागण्डकी नगरपालिका-११ शिवालय मन्दिरमा आयोजित महाशिवरात्री धार्मिक महोत्सवको उद्घाटन गर्दै बताउनु भएको हो। नेपालमा सनातन हिन्दु धर्मालम्बी धेरै भएकोले घोषणा गरिनुपर्ने बताउनुभयो । सबै धर्मको सम्मान गरी सनातन हिन्दु राष्ट्रको पक्षमा उभिनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो । उहाँले हिन्दु धर्मको माध्यमबाट देशको आर्थिक स्तर सुधार्न सकिने जनाउँदै बहुसङ्ख्यक हिन्दुधर्मावलम्बीहरूको बसोवास भएको देशमा धार्मिक पर्यटनको माध्यमबाट समृद्धि ल्याउन सकिने बताउनुभयो । उहाँले तनहुँको विकासका लागि पहल भई रहे पनि देशको आर्थिक स्तर कमजोर भएका कारण जनअपेक्षा अनुसारको परिणाम देखाउन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य कमल ढकाल, नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. २ का सभापति चुडामणी खनाल, नेकपा एकिकृत समाजवादी पार्टीका गण्डकी प्रदेश सचिवालय सदस्य थमनबहादुर आले, लगायतले धार्मिक महोत्सवले यस क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले धार्मिक महोत्सव सफल पार्न आफूहरूको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै साँखेलाई धार्मिक रूपले विकास गरी पर्यटक भित्राउन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । महायज्ञको पहिलो दिन बिहीबार एक लाख २३ हजार दान सङ्कलन भएको छ। विसं १९६० साँखे देवलमा दुई खोलाको सङ्गम स्थलमा रहेको शङ्खाकार ढुङ्गाबाट दाहिने शङ्ख बजेको सुनेर मन्दिर स्थापना गरि पूजा हुँदै आएपनि ओझेलमा परेकाले महोत्सवको आयोजना गरिएको शिवालय मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष निलकण्ठ अर्यालका अनुसार स्थानीयहरू अहिले उक्त स्थानलाई धामको रूपमा विकास गर्न बिहीबारबाट महायज्ञ सुरु गरिएको हो ।

शिवालय क्षेत्रको रूपमा परिचित यो मन्दिरमा बर्सेनी शिवरात्री पर्वमा तनहुँ र स्याङ्जासहित विभिन्न स्थानबाट भक्तजनहरू दूध चढाउन र रातभर जाग्राम बसेर ठाडो बत्ती बाल्न सहभागी हुने गर्दछन् । यो मन्दिरमा पूजा आराधना गर्नाले निसन्तान जोडीलाई सन्तान प्राप्ती हुने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङ्जा जिल्लाको हरिनास र बिरुवा गाउँपालिकाको केन्द्रमा पर्ने मन्दिरमा आयोजनामा गरिएको धार्मिक महोत्सवले यस क्षेत्रमा रहेको पुरातात्विक संरचनाहरू जन्ते ढुङ्गा क्षेत्र, सीता पाइला, जनकवि गोकुल जोशीको जन्मस्थान, रजस्थलकोट दरवार र मिलेनियम गुफा लगायतका स्थानको प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको समितिले जनाएको छ ।

श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरतीसहितको धार्मिक महोत्सवबाट सङ्कलन भएको रकमले मन्दिरको भौतिक विकाससँगै, दैनिक पूजा पाठ सुरु गर्ने र राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय क्षेत्रमा मन्दिरको बारेमा प्रचार गर्ने लक्ष्य रहेको महायज्ञ मुल समारोह समितिका संयोजक गङ्गाराम भट्टराईले बताउनुभयो । महायज्ञमा श्रीमद भागवत पाठपारायण, चण्डिपाठ, रुद्रीपाठ, सहश्र जलधारा, ग्रहशान्ति, चौरासी पूजा, पितृतर्पण, तुलादान अखण्ड दिपप्रज्वलन र ठाडो बत्ती बाल्ने लगायतका कार्यक्रम समेटिएको छ । १५ गतेसम्म सञ्चालन हुने धार्मिक महोत्सवमा सुप्रसिद्ध कथावाचक पण्डित कपिल भट्ट हुनुहुन्छ ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...