‘समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक’

Published on

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डो(याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । आज नेपाली कांग्रेसको शिक्षा विभागको आयोजनामा शिक्षा नीति बहस अन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले नेपालमा शिक्षाको लहर विसं २००७ सालको क्रान्तिपछि आएकाले अब समयाअनुकूल शिक्षा दिन सक्नुपर्ने धारणा राख्नुभयो । हाल शिक्षाको अधिकार स्थानीय तहमा रहेकाले शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपुर्ण हुने उहाँकोभ भनाइ छ । कार्यक्रममा नगर प्रमुख र उपप्रमुखहरुले शिक्षा विधेयकमाथि स्थानीय तहहरुका धारणा र सुझाव राख्नुभएको थियो । विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव शिक्षा विधेयकमा समेट्न विमर्श कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । रासस

ताजा समाचार

मन्त्रीको सेवा, सुविधाको रकम समाजसेवामा

काठमाडौँ । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफूले सेवा,...

जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका

काठमाडौँ । जन्मदर्ता नहुँदा सडक बालबालिकाले अहिले पनि स्वास्थ्य शिक्षासहित राज्यबाट पाउने कुनै पनि...

इजरायली निकासी चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग

काठमाडौँ । इजरायली सैनिक (आइडिएफ) ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफूहरू बसिरहेको स्थान (रफाह)...

‘इयुसँग ‘आवश्यक भएमा’ अमेरिकी करको बदला लिने ‘कडा योजना’ छ’

कामठमाडौँ । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भन डेर लेयनले मङ्गलबार यो हप्ता लागू...