सडक विकासले गाउँको मुहार फेरिँदै

Published on

काठमाडौं । देश सङ्घीयतामा गएसँगै गाउँगाउँमा स्थानीय सरकार बनेका छन् । सर्वसाधारण नागरिकले अहिले सबै सेवा सुविधाहरू गाउँमै भएको स्थानीय सरकारमार्फत उपभोग गर्न पाइरहेका छन् । स्थानीय सरकारमार्फत गाउँमा हुने गरेका विकासका कामबाट सर्वसाधारण खुसी छन् । “अहिले घरकै आँगनबाट चिल्लो पिच सडक बनेको छ, गाडीहरू दौडिन्छन्, धुलो उड्दैन, उत्पादन गरेका तरकारी तथा फलफूलहरू आफूले बोकेर लैजानु पर्दैन, धेरै सजिलो भएको छ ।” राप्तीसोनारी गाउँपालिका ७ बाँकेका ५४ वर्षीय किसान रामचन्दर थारुले भन्नुभयो, “पहिला सडक नहुँदा दुःख थियो, हिँडेर सडक भएको ठाउँसम्म पुग्नुपर्थ्यो, आफूले फलाएका तरकारी बेच्न पनि आफैँ बोकेर बजारसम्म जानुपर्थ्यो तर अहिले पिच सडकले गर्दा सबै समस्या समाधान भएको छ । अर्का किसान रामचन्द्र थारुले पिच सकड बनेपछि समयको धेरै बचत हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला कहीँ कतै जानुपर्‍यो भने एकाबिहानै उठेर हिँड्नु पर्थ्यो, अहिले घरको ढोकामै गाडी आउँछ, समयमै आफूले जान चाहेको ठाउँमा जान सकिन्छ, हतारो गर्नुपर्दैन, समयको बचत भएको छ, आफ्ना खेतबारीका अन्न, फलफूल तथा तरकारी बेच्न जान पनि बोकेर जानुपर्दैन ।”

“विकासका क्रममा सबैभन्दा पहिले सडक विस्तार हुनु नै अन्य विकासका कामको पनि ढोका खोलिनु हो, वडामा अन्य विकासका थुप्रै कामहरू पनि गरेका छौँ, तर मुख्य गरेर सडक सञ्जाल नै हो, सडक गाउँगाउँमा पुगेपछि अन्य भौतिक विकासका कामहरू बिस्तारै हुँदै जान्छन्, राप्तीसोनारी गाउँपालिका ७ का वडाध्यक्ष रामलखन थारुले भन्नुभयो । वडाध्यक्ष थारुले आफ्नो वडामा यस आर्थिक वर्षमा ८ वटा सडकका योजनाहरू सञ्चालनमा रहेको बताउनुभयो । उहाँले तीन वटा सडक कालोपत्रे र पाँचवटा सडक स्तरोन्नतिका योजनाहरू सञ्चालन गरिएको बताउनुभयो । सडक कालोपत्रेका तीन वटा योजनाहरू सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । तीनवटा योजनामार्फत गाउँमा दुई किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न गरिसकिएको उहाँको भनाइ छ । लुम्बिनी प्रदेश सरकार र वडा कार्यालयको बजेटबाट सडक कालोपत्रेका लागि एक करोड, ७५ लाख र ५० लाख लागतका तीन वटा योजना सम्पन्न भइसकेको र सडक स्तरोन्नतिका साना ठुला गरी पाँचवटा योजना सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।

“यो आर्थिक वर्षमा वडाभित्र आठवटा सकडका योजनाहरू कार्यान्वयन गर्दछौँ, तीन वटा योजनामार्फत दुई किलोमिटर सडकको कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ ।” उहाँले भन्नुभयो, “सडक स्तरोन्नतिका पाँचवटा योजनामार्फत करिब तीन किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ ।” पाँचवटा योजनामार्फत करिब तीन किलोमिटर सडकको नालीसहितको ग्राभेल हालेर स्तरोन्नतिको काम भइरहेको उहाँले बताउनुभयो । सडक सञ्जालले वडाको लगभग सबै बस्ती छोइसकेको वडाध्यक्ष थारुले बताउनुभयो । वडाभित्र सडक नभएका ठाउँमा सडकको नयाँ ट्र्याक खोल्ने, धुले सडकको स्तरोन्नति गर्ने र सडक कालोपत्रे गरिने कार्य निरन्तर जारी रहने अध्यक्ष थारुले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...