स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क शिविर

Published on

काठमाडौं । जिल्लाको तामाकोसी गाउँपालिकामा स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि आयोजना गरिएको शिविरमा १७२ जना महिलाहरु लाभान्वित भएका छन् । महिलामा स्तन र पाठेघरसम्बन्धी समस्याहरू बढ्दै गएको अवस्थामा गाउँपालिकाले क्यान्सरको पहिचानका लागि शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । पाठेघरको मुखमा हुने क्यान्सर जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा निःशुल्क स्वास्थ्योपचार गरिएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले बताउनुभयो । “भिआइए परीक्षणले केही वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्दछ”, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मिश्रले भन्नुभयो, “हामीले औषधी राखेर हेर्छौँ र परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ । पाठेघरको अवस्था पत्ता लागेपछि सोही अनुसार उपचार गर्न सकिन्छ ।” यो विधिबाट एचपिभी भाइरस पत्ता लागेमा क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ मालु र वडा नम्बर ७ हावाको स्वास्थ्य संस्थाहरूमा क्यान्सरको पहिचान गर्नका लागि फरक फरक मितिमा शिविरको आयोजना गरेको थियो । शिविरमा परीक्षण गरिएका महिलाहरु मध्येका १० जनामा भीआइए पोजेटिभ, ८ जनामा आङ खस्ने समस्या देखिएको थियो । कतिपय महिलाहरुको पाठेघरको मुखमा घाउ भएको, पाठेघरको मुखमा मासु पलाएको लगायत विभिन्न खालका सङ्क्रमणहरू देखिएको थियो । गाउँपालिकाको लक्षित कार्यक्रमअन्तर्गत रहेर यो कार्यक्रम सञ्चालन गरेको थियो । पाठेघरको मुख र स्तनमा भएको वा हुन लागेको क्यान्सरको बारेमा समयमा नै शङ्कासमेत नपाउँदा सङ्क्रमणले च्याप्दै लगेका उदाहरणहरू धेरै देखिएका छन् । महिलामा पाठेघरको मुख, स्तनको क्यान्सर लगायतका सङ्क्रमणहरू बढ्दै जाँदा जोखिम पनि बढ्दै गएकोले समयमै थाहा पाएर उपचारका लागि प्रक्रिया सुरु गर्नका शिविरहरूको आयोजना गरिएको हो । अहिले गर्ने परीक्षणले महिलामा क्यान्सरको सङ्क्रमणको पूरै यकिन नगर्ने भए पनि सम्भावना र शङ्काको बारेमा स्पष्ट पार्ने भएकाले यो आधारभूत अवस्थाको परीक्षण रहेको गाउँपालिकाले जनाएको छ । आर्थिक अभावका कारण राजधानी काठमाडौँलगायतका स्थानमा गएर स्वास्थ्य सेवा लिन नसक्ने महिलाहरुको समस्यालाई मध्यनजर गर्दै गाउँमै स्वास्थ्य शिवीरको आयोजना गरिएको तामाकोसी गाउँपालिका ४ मालुका वडा अध्यक्ष नारायण खड्का ९सुरज० ले बताउनुभयो । वडाले स्वास्थ्य सेवालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने वडाको योजना रहेको उहाँको भनाइ छ ।

धुलिखेल अस्पताल र तामाकोसी अस्पतालका स्वास्थ्यकर्मीले महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । गोरखापत्र

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...