स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क शिविर

Published on

काठमाडौं । जिल्लाको तामाकोसी गाउँपालिकामा स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि आयोजना गरिएको शिविरमा १७२ जना महिलाहरु लाभान्वित भएका छन् । महिलामा स्तन र पाठेघरसम्बन्धी समस्याहरू बढ्दै गएको अवस्थामा गाउँपालिकाले क्यान्सरको पहिचानका लागि शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । पाठेघरको मुखमा हुने क्यान्सर जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा निःशुल्क स्वास्थ्योपचार गरिएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले बताउनुभयो । “भिआइए परीक्षणले केही वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्दछ”, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मिश्रले भन्नुभयो, “हामीले औषधी राखेर हेर्छौँ र परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ । पाठेघरको अवस्था पत्ता लागेपछि सोही अनुसार उपचार गर्न सकिन्छ ।” यो विधिबाट एचपिभी भाइरस पत्ता लागेमा क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ मालु र वडा नम्बर ७ हावाको स्वास्थ्य संस्थाहरूमा क्यान्सरको पहिचान गर्नका लागि फरक फरक मितिमा शिविरको आयोजना गरेको थियो । शिविरमा परीक्षण गरिएका महिलाहरु मध्येका १० जनामा भीआइए पोजेटिभ, ८ जनामा आङ खस्ने समस्या देखिएको थियो । कतिपय महिलाहरुको पाठेघरको मुखमा घाउ भएको, पाठेघरको मुखमा मासु पलाएको लगायत विभिन्न खालका सङ्क्रमणहरू देखिएको थियो । गाउँपालिकाको लक्षित कार्यक्रमअन्तर्गत रहेर यो कार्यक्रम सञ्चालन गरेको थियो । पाठेघरको मुख र स्तनमा भएको वा हुन लागेको क्यान्सरको बारेमा समयमा नै शङ्कासमेत नपाउँदा सङ्क्रमणले च्याप्दै लगेका उदाहरणहरू धेरै देखिएका छन् । महिलामा पाठेघरको मुख, स्तनको क्यान्सर लगायतका सङ्क्रमणहरू बढ्दै जाँदा जोखिम पनि बढ्दै गएकोले समयमै थाहा पाएर उपचारका लागि प्रक्रिया सुरु गर्नका शिविरहरूको आयोजना गरिएको हो । अहिले गर्ने परीक्षणले महिलामा क्यान्सरको सङ्क्रमणको पूरै यकिन नगर्ने भए पनि सम्भावना र शङ्काको बारेमा स्पष्ट पार्ने भएकाले यो आधारभूत अवस्थाको परीक्षण रहेको गाउँपालिकाले जनाएको छ । आर्थिक अभावका कारण राजधानी काठमाडौँलगायतका स्थानमा गएर स्वास्थ्य सेवा लिन नसक्ने महिलाहरुको समस्यालाई मध्यनजर गर्दै गाउँमै स्वास्थ्य शिवीरको आयोजना गरिएको तामाकोसी गाउँपालिका ४ मालुका वडा अध्यक्ष नारायण खड्का ९सुरज० ले बताउनुभयो । वडाले स्वास्थ्य सेवालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने वडाको योजना रहेको उहाँको भनाइ छ ।

धुलिखेल अस्पताल र तामाकोसी अस्पतालका स्वास्थ्यकर्मीले महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...