मुगुमा जडीबुटीबाट ९३ लाख राजश्व सङ्कलन

Published on

काठमाडौँ । आर्थिक वर्ष मुगुमा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ । जिल्लाबाट १९ प्रजातिका वनस्पतिबाट एक लाख ३३ हजार केजी जडीबुटी निकासी हुँदा ९३ लाख रुपियाँ राजस्व प्राप्त भएको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जीतेन्द्र महतका अनुसार ९३ लाख यो आर्थिक वर्ष राजस्व सङ्कलन भएको छ । यो राजस्व वन विभागको कार्यविधि अनुसारबाट सङ्कलन पुर्जी दिइएको र डिभिजन वन कार्यालयबाट उक्त पुर्जी दिइएको जडीबुटीबाट भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरेक वर्ष जिल्लामा २४ देखि ३० प्रकारका जडीबुटीहरु निकासी हुनेगरेको छ । बहुमूल्य यार्सागुम्बा, टिमुर, सतुवा, पाखनबेद, पदमचाल, सिताल्चिनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजो, घुच्चीच्याउ, सुगन्धवाल, सेतक चीनी धुपी, वन लसुन, राताच्याउ, कालादान, जिम्बु, अतिस, जटामसी, बिषजरालगायतका जडीबुटीहरु जिल्ला बाट निकासी हुनेगरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।” विशेषगरी जलवायु परिवर्तन, आगलागी, खेती प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासी, अवैधरुपमा विकास निर्माणका संरचना निर्माण गर्नुले फल नपाक्दै जडीबुटी दिप्नु र खुल्ला रुपमा चौपाय चरनमा छाड्नाले लोप हुँदै गएको नागरिक अभियान्ता रुपबहादुर मल्लले बताउनुभयो । राज्यका तीनै तहका सरकारको जडीबुटी विकास कार्यक्रम, जडीबुटी खेती विस्तार, खेती क्षेत्र, पकेट क्षेत्र निर्धारण, भण्डारण केन्द्र र प्रशोधन केन्द्र निर्माणका लागि अनुदानका कार्यक्रम लगायत समुदायमा जडिबुटी संरक्षण उपयोगबारे जनचेतना मुलक कार्यक्रम समुदायमा दिन उहाँले सुझाव दिनुभयो ।

spot_img

ताजा समाचार

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...